Logo

बढी भाडा लिने १४७ जना यातायात व्यवसायीमाथी कारबाही



काठमाडौं, १३ असोज । महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक सातामा एक सय ४७ जना यातायात व्यवसायीलाई कारबाही गरेको छ। सादा पोसाकमा खटिएका प्रहरीले तोकेभन्दा बढी भाडा लिने व्यावसायीलाई कारबाही गरेको हो।

नजिकिँदै गरेको दसैं तिहार र छठ पर्वलाई लक्षित गरेर प्रहरी महाशाखाले यातायत व्यवसायीलाई उच्च निगरानीमा राखेको छ। यात्रुहरुका लागि समेत कडा सुरक्षा व्यवस्था गरेको छ।

सादा पोसाकमा प्रहरीलाई खटाई यात्रुबाट बढी भाडा लिइएको पाइए यातायात व्यवसायीलाई कारबाही गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए।

‘हामीले उपत्यकाभित्र पर्यप्त मात्रामा सादा पोसाकका प्रहरी खटाएका छौं,’ उनले नागरिकसगँ भने, ‘एक सातामा एक सय ४७ बढी भाडा लिने व्यावसायी तथा यातायात कर्मचारीलाई कारबाही गरेका छौं।’ निगरानी जारी रहने उनले बताए।

उनका अनुसार उपत्यकाका तीनवटै जिल्लामा रहेका विभिन्न यातायात कम्पनीका टिकट काउन्टरहरुको निगरानीको लागि सादा पोशाकका प्रहरी खटिएका छन्। उनीहरुले यात्रुबाट बढी भाडा असुल्ने गरेको पाइए व्यवसायी तथा टिकट काउन्टरका कर्मचारीलाई कारबाही गरिनेछ।

ढकालले आइतबार मात्रै बल्खुबाट ३ जना र कोटेश्रबाट २ जना यातायात व्यावसायीका कर्मचारीलाई कारबाही गरिएको बताए। आजको नागरिक दैनिकमा श्याम राईले खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्