Logo

विमानमा बच्चाकालागि अलग्गै सिट



काठमाडौं, १३ असोज । जापान एयरलाइन्सले बच्चालाई ध्यानमा राखेर नयाँ सिटको व्यवस्था गरेको छ । आठ दिन देखि दुई वर्ष उमेर समूहका बच्चाका लागि नया सिटको व्यवस्था गरेको हो ।

प्रायः बच्चाहरु विमानमा जाना साथ निकै रुने गर्छन् । बच्चाको रुवाईलाई चुप गराउने नयाँ प्रविधिबाट उक्त सिटको निर्माण गरेको छ । उक्त विमानको सिट जापानले बच्चालाई ध्यानमा राखेर बनाएको हो ।

दम्पतिहरुलाई आ–आफ्नो बच्चाको लागि सिट पनि छान्न पाउने व्यवस्था रहेको छ । उक्त व्यवस्था लामो दुरीको सवारीमा अरु यात्रुलाई समस्या नपर्ने गरी निर्माण गरिएको छ ।(एजेन्सीको सहयोगमा )



प्रतिक्रिया दिनुहोस्