Logo

एक वडाबाट अर्काेमा जाँदा लाग्ने करको विरोध



काठमाडौं, १३ असोज । रौतहटको चन्द्रपुर नगरपालिकाले एउटा वडाबाट अर्काे वडामा जाने सवारीसाधनमाथि लगाएको करको चर्काे विरोध गरेको छ । नगरपालिकाले व्यवस्था अनुसार नगरको कुनै पनि वडाबाट वडा नम्बर ३ जाँदा लाग्ने पकटे कर खारेजीको माग राख्दै वडावासीले विरोध गरेका हुन ।

नगरपालिकाले चालु आर्थिक वर्षका लागि पूर्वाधार उपभोग कर वापत उक्त वडा प्रवेश गर्दा बस, ट्रक र ट्रिपर जस्ता हेभी सवारीलाई प्रति गाडी ५० रुपैयाँ र पिक अफ भ्यान, कार, मोटरसाईकल जस्ता साना सवारीमाथी २० रुपैयाँ पकटे कर लगाउदै आएको छ । कर उठाउने ठेक्का पाएको स्थानिय हार्दिक कन्स्ट्रक्सनले साउनदेखि कर उठाउदै आएको छ ।

नेपालको सविधानले हरेक नेपालीलाई बिनारोकतोक आगमनको अधिकार दिएपनि रौतहटको १८ वटा स्थानिय तहमध्ये एक मात्र चन्द्रपुर नगररपालिकाले एक वडाबाट अर्काे वडामा जाँदा आवत जाँवतमा अवरोध गर्दे नियम विपरित कर असुलि रहेको खवर आजको गोर्खापत्रमा छापिएको छ ।



प्रतिक्रिया दिनुहोस्