Logo

जापानी भाषा परीक्षामा सहभागी हुन ‘लक्की ड्र’



काठमाडौं, १३ असोज । जापानमा नर्सिंङ केयरगिभरका लागि जाने श्रमिकले भाषा परिक्षामा सहभागी हुन लक्की ड्र मार्फत सामेल हुनु पर्ने भएको छ ।

लक्की ड्र मा सहभागीहुनका लागि जापान फाउन्डेसनले शुक्रबारबाट अनलाईन दर्ता खुलाएको छ । शुक्रबारदेखि विहिबारसम्म आवेदन फारम भर्न जापान फाउन्डेसनले वेभसाइट मार्फत जानकारी दिएको हो ।

लक्की ड्र अनलाईन आवेदनका लागि कुनै पनि शुल्क लाग्ने छैन । जापान फान्डेसनले आवेदन दिएकामध्ये सफ्टवेरको माध्ययमबाट आउँदो २२ गते लक्की ड्र गरी त्यसमा छनौट हुनेहरुलाई परिक्षाका लागि भौचर भर्नदिने उल्लेख गरेको छ ।

लक्की ड्र अन्तरर्गत छनौटमा परेकाले असोज २४ गते भौचर लिनुपर्ने छ । जसकालागि ५०० रुपैयाँ शुल्क तोकिएको छ । नर्सिङ केयर गिभरमा जाने कामदारले जापानी भाषा र सीप मूल्याङकन परीक्षा दिनुपर्ने छ ।

जापानी भाषा परीक्षा आउँदो काक्तिक ११ गते देखि १३ गतेसम्म सञ्चालन हुने सुचना यस अधि नै प्रकाशन भईसकेकोे छ ।



प्रतिक्रिया दिनुहोस्