Logo

भारतबाट पेस्तोल बोकेर आउँदै गर्दा दुई युवक पक्राउ



सुनसरी, १३ असोज । भारतबाट पेस्तोल बोकेर आउँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा । पक्राउ पर्नेहरुमा मोरङ सुन्दरहरैचा नगरपालिका ५ मगर टोल बस्ने करण कुमार चौधरी र सोही ठाउँ बस्ने प्रकाश चौधरी रहेका छन् । उनीहरुलाई बर्जु गाउँपालिका ३ अमडुवाबाट १२ असोजको बिहान प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट मेड इन यूएसए लेखेको पेस्तोल एक थान त्यसको म्याग्जिन दुई थान तथा गोली तीन राउण्ड, लागूऔषध फेनारगन ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल, एभिल ३५ एम्पुल, लागु औषध डाईजेल्याव ३५ एम्पुल र सिरिन्ज एक थान बरामद भएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय दुहवी सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त हतियार र लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot