Logo

पानीको भरमा काम गर्दै मोदी, नौ दिने उपवासमा



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवरात्रीको नौ दिन पानी मात्र पिउँछन् । उनले यसरी उपवास बसेको ४२ वर्ष भइसकेको छ ।

यसवर्ष पनि मोदी नवरात्रीमा ब्रत बसेका छन् । ब्रत बसेर पनि उनको सक्रियतामा कमी आएको छैन । पानीको भरमा काम गर्न सक्छन् । केही वर्ष पहिले मोदी पानीको भरमा अमेरिका पुगी संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी भएर आएका थिए । जल मात्र पिएर काम गर्न सकेकोमा धेरै मानिस चकित परेका थिए ।

मोदीले नवरात्रीको शुभकामना पनि दिइसकेका छन् । उनले हरेक दिन ट्वीट गर्दै कुन दिन कुन भगवानको पूर्जा आराधना हुने समेत लेखिरहेका छन् ।

मोदी धार्मिक स्वभावका छन् । उनी मठमन्दिर जान रुचाउँछन् । विश्वको जुनसुकै देश जाँदा पनि त्यहाँको मन्दिरमा पाइला हाल्छन् ।-एजेन्सीको सहयोगमा  File Photo



प्रतिक्रिया दिनुहोस्