Logo

सडक पेटीबाट ब्राउन सुगर सहित पक्राउ



वीरेन्द्रनगर, १३ असोज । सडक पेटीमा बसिरहेको अवस्थामा ब्राउन सुगर सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका १० सितलनगर बस्ने हिमाल गौतम र दैलेख नारायण नगरपालिका १ बस्ने बिकाश थापा रहेका छन् । सितलनगर टोलस्थित सडकबाट ६ पुरियामा रहेको १ सय २० मिलिग्राम ब्राउन सुगर सहित ११ असोजको बेलुका प्रहरीले पक्राउ गरेको हो ।

शंकास्पद रुपमा बसिरहेको अवस्थामा प्रहरीले जाँच गर्दा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्