Logo

साउदी अरबका पाँच सय सैनिक मारिएको यमनका हुथी आक्रमण (भडियोसहित)



साउदी अरबभित्र प्रवेश गरी यमनका हुथी विद्रोहीले पाँच सय सैनिकको ज्यान लिएका छन् । साउदी सीमाभित्र प्रवेश गरी सैनिक युद्धक सवारीमा एम्बुस थापेर हमला गर्दा उक्त घटना भएको हो ।

हुथीले घटनाको दाबी गरिरहँदा आइतबार भिडियो फुटेजसमेत सार्वजनिक गरेका छन् । जसमा एम्बुसमा पारिएका सैनिक गाडी र पक्राउ परेका सैनिकहरु देखाइएको छ । फुटेजमा आक्रमणपछि धुँवाको मुश्लो उडिरहेको देख्न सकिन्छ ।

अल जजिराले हुथी सैनिक प्रवक्ताको भनाई उदृत गर्दै सीमापार आक्रमणबाट साउदी फौजलाई नियन्त्रणमा लिइएको बताए । घटनामा दुई सयभन्दा बढी मारिएको पुष्टि गरे । भाग्न खोज्नेहरु मारिएको हुथीको भनाई छ ।

भिडियोमा देखाइएअनुसार भिडन्त साउदी अरबको दक्षिणी भागको नजरानमा भएको थियो । भिडियोमा कब्जा गरिएका ठूलो परिमाणका हतियार पनि देखाइएको छ ।

हुथी विद्रोहीले साउदी अरबको तेल प्रशोधन केन्द्रमा ड्रोन हमला गरेको दुई हप्तापछि पछिल्लो हमला भएको हो । यस्ता आक्रमणले त्यस क्षेत्रमा थप अशान्ति मच्चिने खतरा बढेको छ ।-एजेन्सी

हेर्नुहोस् भिडियोः



प्रतिक्रिया दिनुहोस्