Logo

दुई सय भन्दा बढी मसलाको प्रकार



सामान्य बुझाईमा मसला भन्ने शब्दले तरकारी वा माछामासुमा प्रयोग गरिने मसलालाई बुझाउँछ । तर मसला ती परिकारमा मात्र प्रयोग नभएर अन्य परिकारमा पनि प्रयोग हुन्छ । मसला भन्ने वित्तिकै सबैले बुझ्ने भनेको जिरा, बेसार र धनियाँको धुलो हो । मसला जीराको मात्र नभएर अन्य थुप्रै चीजहरुको पनि हुन्छ । मसला करिब २०० प्रकारका हुन्छन् ।

जीरासँगै धनियाँ, सौंफ, शाह जीरा, जावित्री, दालचीनी, लवंग, अलैचीं, जाईफल, अदुवा, मरिच, लसुन, प्याज, अन्नाट्टोको बिउ, लेमनग्रास, सुमेक, अमचुर, ग्रेन्स अफ प्यारडाइस्, महलाब, काला जीरा, चारनुष्का, मेथी, केसर, गम्बो फाईल, तील, जुनिपर बेरी, गदा, ल्वाङ, स्टार एनिस, सुकुमेल, धनसुप, स्टोन फ्लावर, मेहिरु, तेज पत्ताआदि अन्य चीजहरुको मसला हुन्छ । मसला बिरुवाको पात, फल, जरा, हाँगा आदिको प्रयोगले बनाइन्छ । परिकार अनुसार यी चीजलाई सुकाएर वा यति कै मसला बनाएर प्रयोग गरिन्छ ।

मसलाको अत्याधिक प्रयोगले मानिसलाई असर गर्छ भनिन्छ तर कतिपय मसलाको प्रयोग मानिसको लागि फाइदाजनक हुन्छ । मसलाको फाईदा र प्रयोग विधि जाने भने स्वादको साथसाथै स्वास्थ्य पनि राम्रो हुन्छ । हामीले दैनिक प्रयोग गर्ने जिरा, धनियाँ, सुकमेल, ल्वाङ दालचिनी अनुवा मेहिरुमा विभिन्न रोग सँग लड्ने क्षमता हुन्छन् ।

संसारमा मानिसहरु आफ्नो तरिकाले परिकारहरु बनाउँने गर्छन् । परिकारमा प्रयोग हुने विभिन्न किसिमका सामाग्रीहरु पनि उनीहरु आफै निर्धारण गर्छन् । मासुलाई नै हेर्नेहोस्, मासु पकाउने विधि मानिस अनुसार फरक फरक हुने गर्छ, त्यसैले मासुमा प्रयोग हुने मसलाहरु पनि फरक हुन्छ । Photo Source: EHL Blog



प्रतिक्रिया दिनुहोस्