Logo

लागूऔषध  गाँजा सहित युवक पक्राउ



काठमाडौं, १३ असोज । लागूऔषध गाँजा सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा लहानका अरुण गौतम रहेका छन् । उनलाई काठमाडौं महानगरपालिका ११ थापाथलीबाट लागूऔषध गाँजा ७५ ग्रामसहित ११ असोजको राति प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरी टोलीले बाटोमा हिँडिरहेका उनलाई शंका लागि जाँच गर्दा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot