Logo

प्रधानमन्त्री ओलीको दाबी : ‘केही महिनाभित्र मेलम्चीको पानी आउँछ, बर्षदिन नाघ्दैन् ’



काठमाडौं, १३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको ठेकेदार भागेकाले केही ढिला भएपनि अब बर्षदिन ननाघ्ने दाबी गरेका छन् । उनले अबको केही महिनाभित्र मेलम्चीको पानी आउने दाबी गरे । उनले विकास निर्माण र लोककल्याणकारीका क्षेत्रमा सरकार हरेक दिन एक कदम अघि बढिरहेको बताए ।

आज (सोमबार) प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको आवास भवन शिल्यानास गर्दै प्रधानमन्त्री ओलीले सरकार तीव्र विकास निर्माणमा लागिरहे पनि केही तत्वहरुले सरकारले केही नगरेको भन्दै भ्रम र निराशा छर्ने गरेपनि सरकार आफ्नो कामको गतिबाट पछि नहट्ने बताए ।

उनले सरकारले केही पनि गरेन र भएन भनेर असन्तुष्टि र निरासा फैलाउने प्रवृति कायमै रहेको भन्दै वाक स्वतन्त्रताका नाममा ति हकहरुको प्रयोग पनि समुचित ढङ्गले गर्न सुझाव दिए । ‘जेमा पनि जसरी पनि विरोध गर्ने परम्परा जारी छ । त्यस्ता परम्परा जारी गर्ने थाक्लान् तर सरकार आफ्ना उद्देश्यमा अडिग छ । गतिशिलता, स्वच्छता र तीव्रताका साथ निरन्तर अगाडि बढिरहन्छ’, उनको प्रतिबद्धता छ ।

प्रधानमन्त्री ओलीले देशलाई छिट्टै भिखारीमुक्त देश बनाउने र सडकमा कोही वेसाहारा र अलपत्र देख्ने अवस्था नआउने दावी पनि गरे । ‘कोही मान्छे खान नपाएर सडकमा वेवारिसे अवस्थामा बस्न सरकारले दिँदैन’ प्रधानमन्त्री ओलीको भनाइ छ । file photo/M. Kalikote



प्रतिक्रिया दिनुहोस्