Logo

सर्प मारेर झोल बनाएर खाने माकुरा (भिडियो सहित)



सर्प मार्न सक्ने माकुरा पनि छ । त्यतिमात्र होइन मारेर झोल बनाएर खानसक्छ । यो एक प्रजातिको माकुरा हो जुन अष्ट्रेलियामा पाइन्छ ।
रेड व्याक माकुराले सर्प खाने क्षमता राख्छ । यसको आकार दुई वा तीन इन्च भन्दा बढी हुँदैन । तर, यसले जालमा फसेको सर्प र छेपारो समेत खाने क्षमता राख्छ । आफ्नो आकार भन्दा करिब ५० गुणा बढी आकारको प्राणी खाने क्षमताको माकुरा प्रकृतिको गजब विषय हो । आफ्नो सिकारलाई शक्तिशाली विष र अनौठो जालमा फसाएर मार्नेे गर्छ ।

यसको जाल अत्यधिक कडा हुने गर्छ । एक पटक फसेको सिकारलाई निस्कन अत्यन्त मुस्किल समेत गराउँछ । शिकार फसे पछि माकुराले अत्यधिक मात्रामा सिल्क जाल सिकार माथि फाल्ने गर्छ । जसले शिकारलाई निस्किन झन् गार्हो पार्छ । त्यस पछि शिकारलाई नराम्रो संग आफ्नो ढंगले तोक्दछ । विष लागेको केहि बेर पछि शिकार मरेतुल्य हुनसक्छ । उक्त विषले शिकारको शरीरलाई तरल पदार्थमा परिणत गर्छ । उक्त पदार्थलाई माकुराले पानी जस्तै निल्ने गर्छ । –एजेन्सी  Photo source : australianmuseam.net.au



प्रतिक्रिया दिनुहोस्