Logo

करोडौं खर्च गरेर शव शिशामा राखिएका पूर्व शासक



संसारमा केही शासकहरुको मृत्युपछि शव नष्ट गरिएको छैन । उनीहरुलाई गाडिएको पनि छैन । सुरक्षित तरिकाले शिशामा राखिएको छ । म्युजियम जस्तै बनाएर राखिएका उनीहरुको शव हेर्न जाने मानिसहरु छन् ।

चीनमा माओत्से तुङको शव शिशाभित्र राखिएको छ । तियानमेन चोकको मुटुमा अवस्थित समाधिस्थलमा उनको शव राखिएको छ ।
उत्तर कोरियाका संस्थापक किम इल सुङ र जोङ इलको शव नगाडी शिशाभित्र राखिएको छ । रुसमा लेनिनको शव यसरी नै राखिएको छ ।

यतनामी कम्युनिष्ट सत्ताका संस्थापक हो चि मिन्हको शव पनि शिशामा सुरक्षित साथ राखिएको छ । तर, यसरी शव राख्न थोरै रकमले पुग्दैन । वर्षमा करोडौं डलर खर्च गरिन्छ । शव सड्न नदिन महंगो शिशा र रसायनको प्रयोग गर्नुपर्छ । यस्तो प्रविधि थोरै देशहरुसँग मात्र छ ।

भियतनामी कम्युनिष्ट शासक हो–चि–मिन्हको शवको सुरक्षालाई लिएर भियतनाम सरकार चिन्तित बनेको छ । भियतनामको कम्युनिष्ट पार्टीका संस्थापक होको शवको सुरक्षाका लागि रुससँग सहयोग माग्नुपर्यो ।

भियतनामले शवलाई बिग्रन नदिन सुगन्ध छर्नका लागि विज्ञहरुको विशेष टोली बनायो जसमा रुसी वैज्ञानिक सहभागी छन् ।

हो–चि–मिन्हको शवलाई उनको निधनपछि सन् १९६९ को सेप्टेम्बरमा ५० वर्ष अघि लेप लगाएर राखिएको थियो । उक्त लेपको समयावधि सकिन लागेपछि पुनः लेप लगाउन लागिएको हो ।

हो–चि–मिन्हको शवमा लगाइने लेपले लामो समयसम्म संरक्षित हुने बताइएको छ । हो चि मिन्हको शवलाई राखिएको स्थान पर्यटकीय गन्तव्य बनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम भ्रमणमा जाँदा हो चि मिन्हको शव राखिएको स्थान पुगेका थिए । कम्युनिष्ट नेता भएकाले ओलीले हो चि मिन्हको शव राखिएको स्थान हेर्ने इच्छा समेत राखेका थिए ।

‘अंकल हो’ को नामले चिनिने हो–चि–मिन्हको शरीर सोभियत सरकारको सहयोगमा हनोइमा बनेको समाधिस्थलको शिशाको बाकसभित्र राखिएको छ । उक्त स्थानमा दैनिक हजारौंले भ्रमण गर्छन् ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्