Logo

भारतमा मोदीपछि शक्तिशाली अमित शाह (को कति शक्तिशाली सूचीसहित)



भारतको एक सय शक्तिशाली व्यक्तिहरुको सूची निकालिएको छ । पहिलो नम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी परेका छन् ।

इन्डियन एक्सप्रेसले तयार गरेको सूचीमा मोदी पहिलो नम्बरमा पर्नुमा उनको दल भारतीय जनता पार्टीले ३०३ सिट ल्याएर दोस्रोपटक प्रधानमन्त्री बन्नु मुख्य मानिएको छ । उनले सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

दोस्रो शक्तिशाली अमित शाह छन् । भाजपा अध्यक्ष शाह गृहमन्त्री हुन् । उनले काश्मिरलाई दिएको विशेष राज्यको अधिकार खारेज गर्ने मुख्य भूमिका खेलेका थिए । सरकारको वरियतामा तेस्रो स्थानमा रहेपनि शाह दोस्रो शक्तिशाली बनेका छन् ।

तेस्रो स्थानमा भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश रन्जन गोगोई छन् । उनी गत वर्ष ४५ औं स्थानमा थिए । सबैभन्दाा ठूलो फड्को गोगोइले मारेका छन् ।

चौंथो स्थानमा भाजपाको मातृ संगठन राष्ट्रिय स्वयंसेवक संघका प्रमुख मोहन भागवत छन् । आरएसएसको भारतको राजनीतिमा ठूलो प्रभाव छ ।

पाचौं स्थानमा भारतका सबैभन्दा धनी मुकेश अम्बानी छन् । उनी गत वर्ष दशौं स्थानमा थिए । छैठौं स्थानमा रक्षामन्त्री राजनाथ सिंह छन् ।
सातौं स्थानमा भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाल छन् । उनको भारतभित्र र बाहिर समेत बलियो प्रभाव छ ।

आठौंमा वित्तमन्त्री निर्मला सीतारामन छिन् । नवौंमा सडकमन्त्री नितिन गडकरी छन् । दशौंमा भाजपाका कार्यकारी अध्यक्ष जे पी नड्डा छन् ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ १२ औं स्थानमा छन् ।

कँग्रेस आईकी अध्यक्ष सोनिया गान्धी १७ औं स्थानमा रहँदा उनका छोरा राहुल गान्धी २५ औं स्थानमा छन् । छोरी प्रियंका गान्धी ३४ औं स्थानमा छिन् ।

सूची

१. नरेन्द्र मोदी
२. अमित शाह
३.रन्जन गोगोई
४.मोहन भागवत
५. मुकेश अम्बानी
६. राजनाथ सिंह
७. अजित दोभाल
८. निर्मला सीतारामन
९. नितिन गडकरी
१०. जे पी नड्डा
११. योगी आदित्यनाथ
१२. देवेन्द्र फडनाभिस
१३. पियुष गोयल
१४. धर्मेन्द्र प्रधान
१५. अमरिन्द्र सिंह
१६. बी एल सान्थोस
१७. सोनिया गान्धी
१८. नितिश कुमार
१९. पी के मिश्रा
२०.रविशंकर प्रसाद
२१. ममता बेनर्जी
२२. सुर्वमण्यम जयशंकर
२३. प्रकाश जभडेकर
२४. उद्धव ठाकरे
२५. राहुल गान्धी
२६. जगमोहन रेड्डी
२७. उदय कोटक
२८. गौतम अडानी
२९. शक्तिकान्त दास
३०. एम के स्टालिन



प्रतिक्रिया दिनुहोस्