Logo

गाउँ–सहर खुला दिशायुक्त : राष्ट्र खुला दिशामुक्त !



काठमाण्डौ । जनतालाई गफ र सपनामात्र देखाएर अगाडि बढेको आरोप खेप्दै आएको सरकारले पछिल्लो समय सोमबार निक्कै अचम्म लाग्दो विषय घोषणा ग¥र्याे । त्यो थियो पुरै नेपाल खुल्ला दिशामुक्त क्षेत्र घोषणा । नेपालका अधिकाशं ठाउँमा शौचालय छैनन् । भएका शौचालयको पनि व्यवस्थित छैनन् ।

संघीय राजधानी काठमाडौंमै पर्याप्त शैचालय नहुंदा कतिपय ठाँउ खुल्ला दिशापिसावका कारण दुर्गन्धित छन् । तर सरकारले मुलुकलाई नै खुल्ला दिशामुक्त घोषणा गरेको छ । संघीय राजधानी काठमाडौंलाई भदौ ३१ गते खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो ।

हतारमा खुला दिसामुक्त घोषणा गरेको भन्दै निक्कै आलोचना भयो । सोमबार त झन सरकारले देशलाई नै खुल्ला दिसामुक्त क्षत्रे घोषणा गरिदियो । प्रधानमन्त्रीले ठूलै काम गरे झैँ गरी उक्त घोषणा गरेका हुन् ।

कतिपय घरमा शौचालय नभएको, भएको पनि प्रयोगमा नआएको र सार्वजनिक शौचालय अभाव भएको कारणले पनि खुला दिसामुक्त घोषणा व्यवहारमा कार्यान्वयन भर्ईरहेको छैन । धेरै ठांउका बासिन्दाले अझैपनि पक्की शौचालयमा बसेर शौच गर्न पाएका छैनन् ।

बिहान सबेरै कसैले नदेख्ने गरी लुकीछिपी शौच बस्नुपर्ने बाध्यता अझै पनि छ । काठमाडौंबाट पुर्व र पश्चिम जाने यातायातहरुले पर्याप्त शौचालय नहुंदा होटल भन्दापनि बिच जंगल या खुला ठाउँमा सौचका लागि रोक्ने गरेका छन् ।

खुल्ला शौचालयका कारण गाउँमा वर्षेनी झाडापखालालगायत रोग फैलने गरेको छ । सर्वसाधारणहरु भने सरकारले घोषण गरेर मात्र हुंदैन व्यवहारमा लागु हुनु पर्ने बताउँछन् । त्यही पनि यो घोषणा सरकारमा मात्र सिमित छ र सर्वसाभारको लागि चने उपयुक्त नभएको बताए ।

खुला दिसामुक्त राष्ट्र घोषणा भएसँगै सरसफाइ अभियानलाई तीव्रता दिने सरकारको योजना छ । नेपाललाई खुल्ला दिशामुक्त क्षेत्र बनाउन अवस्य सकिन्छ । तर त्यो भन्दा पहिले गाँउगांउमा शौचालय बनाउने अभियान सफल बनाउनुपर्छ ।

कागजमै भएपनि आम नेपालीलाई दक्षिण एसियाकै पहिलो खुल्ला दिशामुक्त घोषणा गर्ने देशका नागरिक हुने गौरव प्राप्त भयो । तर साच्चिकै ब्यबहारिक रुपमै खुल्ला दिशामुक्त भयो भने मात्रै हामीले आफैलाई बधाई ‘भन्न मिल्ला ।’ नत्र कागजमा मात्र गरिएको घोषणाले मुलुकको ईज्जत भन्दा बेईज्जत बढ्ने खतरा छ ।



प्रतिक्रिया दिनुहोस्