Logo

यी सुन्दरीको प्रेममा थिए तत्कालिन अमेरिकी राष्ट्रपति केनेडी र उनका भाई



कुनै सुन्दर स्त्रीसँग प्रेम गर्न कस्ले नचाहला र ? एउटै महिलाले दुई वा त्योभन्दा बढी पुरुषसँग एकैपटक प्रेम सम्बन्ध राखेको पनि सुनिएकै हो । तर, अमेरिकाका बहालवाला राष्ट्रपति र उनका भाईलाई एकैपटक प्रेममा पार्न सक्ने सुन्दरी कस्ती होलिन् ?

तत्कालिन अमेरिकी राष्ट्रपति जोन अफ केनेडीलाई प्रेममा पार्न सकेकी थिइन् मर्लिन मुनरोले । जसको सुन्दरताको बयान उनी दिवंगत भएको ५७ वर्षपछि पनि चल्दैछ । मुनरो यति सुन्दर र क्षमतावान थिइन् कि उनको प्रेममा केनेडी दाजुभाई नै परे । भाई रोबर्ट केनेडीसँग पनि उनको प्रेम रहेको तथ्य पुष्टि भएको छ ।


कतिपय अनुसन्धानले दुवै दाजुभाईलाई थाहै नदिई एकसाथ प्रेम गरेको दाबी गरेको छ । विश्वको शक्तिशाली देश अमेरिकाको राष्ट्रपति केनेडीलाई प्रभावमा पारेपछि उनी चर्चाको चुलीमा पुगिन् ।

केनेडी दाजुभाईको हत्या हुनुअघि मर्लिनको रहस्यमय निधन भयो । तीनवटै घटना रहस्यम बन्यो । केनेडी दाजुभाईमध्ये सर्वप्रथम जोन अफ केनेडी मारिए त्यसपछि राष्ट्रपतिको दाबेदार मानिएका रोबर्ट पनि मारिए । अमेरिकाको इतिहासमा केनेडीलाई आकर्षक राष्ट्रपतिका रुपमा लिइन्छ । उनका भाई रोबर्ट उत्तिकै आकर्षक थिए ।-एजेन्सीको सहयोगमा

Photo Source: TMZ



प्रतिक्रिया दिनुहोस्