Logo

संसारको सबैभन्दा महँगो मसला



मानिसको लागि मसला सधैं अन्वेषकको रूपमा मानव इतिहासको हिस्सा भएको छ । धेरै देशहरूले मसलाहरूको फाइदा बेफाइदाको बारेमा खोज अनुसन्धान गरेर यसको महत्त्व सबैलाई जानकारी गराएका छन् । मसलाको उपयोगिता हाम्रो दैनिक जीवनमा अनिवार्य भएको छ ।

बजार मूल्यको हिसाबले केसरको मसलालाई संसारको सबै भन्दा महँगो मसला मानिन्छ । केसरको मूल्य चार सय ५४ ग्रामलाई करिब १ लाख ८० हजारदेखि ५ लाख ६४ हजारसम्म पर्छ । केसरको मसला प्राय इटालियन रिसोटो, स्पेनिश पाउला, र भारतीय करीको लागि प्रयोग गरिन्छ । केसर मध्य एशियामा पाइने एक खास फूलबाट बन्छ । त्यसैले पनि यो महँगो हुन्छ । केसर फूलको सानो भाग स्टिगमा मात्र मसलाको रुपमा प्रयोेग हुने हुँदा चार सय ग्रामको लागि करिब ८० हजार केसर फूलहरुको आवश्यकता पर्दछ । फूलमा स्टिगमा मात्र ३ वटा हुन्छ । स्टिगमा निकै नाजुक हुन्छ त्यसैले हातले गर्ने हुँदा यसको कटाई र सुकाई निकै महँगो हुन्छ ।

बजारमा प्राय सबै कुराहरुको निक्कली सामान उपलब्ध हुने हुँदा मानिसहरुलाई केसरको खासै उपयोगिता थाहा नहुन सक्छ । गुणस्तरीय केसर मसलाको मूल्य संसारको सबै भन्दा महँगो मसला हो ।



प्रतिक्रिया दिनुहोस्