Logo

डल्फिनको रोचक सम्भोग



डल्फिन संसारको सबै भन्दा सुन्दर प्रजातिमा पर्छ । डल्फिनको आकार निकै सुन्दर र अत्भुत प्रकारको हुन्छ । मानव जस्तै सोच्ने क्षमता भएको डल्फिन मानव जस्तै समुहमा बस्ने र रमाउने गर्छ । मानवले जस्तै समुहमा बसेर भाले डल्फिनले आफ्नो पोथीलाई अरु समुहबाट रक्षा गर्ने गर्छ । उनीहरु बुद्दिमानी पनि हुने गर्छन । एक समुहले अर्को समुहलाई सम्भोगको कारण दबाब दिने गर्छन ।

विचित्र खालको सम्भोगले डल्फिनलाई अनौठो प्राणीमा गनिने गर्छ । डल्फिन पनि मनुष्य जस्तै सम्भोगको आनन्द लिने गर्छन् । मनुष्य जस्तै भावनात्मक भएर सम्भोग गर्ने गर्छन् । दुखी वा मानसिक दवाब भएको बेला सम्भोग नगर्ने र खुसी बाड्न सम्भोग गर्छन् । भाले डल्फिन ९ देखि १४ वर्ष सम्म सम्भोग गर्न तयार हुन्छ भने पोथी ५ देखि १३ वर्ष सम्म परिपक्क हुन्छन् ।

मानव जस्तै भाले डल्फिनहरु पनि एक चोटिको सम्भोगपछि पोथी डल्फिनप्रति गम्भीर हुने गर्छन् । उनीहरु आफ्नो सम्बन्धमा निकै गहिराईसम्म जान्छन् । आफ्नो सम्बन्धको लागि डल्फिनहरु मार्न र मर्न पनि डराउँदैनन् । पोथी डल्फिनहरु बलियो र अकर्षक भाले डल्फिनहरुलाई निकै रुचाउँछन् । डल्फिनहरु मानव जस्तै भावना, माया र रिस भएको प्राणी हो । Photo Source: Animaldesktopnexus



प्रतिक्रिया दिनुहोस्