Logo

व्यापारीले लुकाउने थाले प्याज



काठमाडौं १४ असोज । भारतले प्याज निर्यात प्रतिबन्ध लगाए लगत्तै व्यापारीहरुले प्याज लुकाउन थालेको भेटिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सोमबार कालीमाटी होलसेल बजारमा गरेको अनुगमन यस्तो भेटिएको हो ।

विभागका निरीक्षण अधिकृत रमेशकाजी श्रेष्ठका अनुसार प्रतिबन्ध लागेपछि मौज्द्धातको अवस्था, खरिद र बिक्रीबारे निरीक्षण गर्न ४ टोली होलसेल बजार पुगेको थियो । त्यसक्रममा व्यवसायीहरुले प्याज लुकाएको फेला परेको हो ।

‘अनुगमनको क्रममा अर्याल आलु/प्याज सप्लार्यसले सोमबार १ सय ७ रुपैयाँमा खरिद गरेको प्याज १ सय १० मा बिल काटेको देखियो । सोही प्याज आइबार ९५ रुपैयाँमा खरिद गरेर १ सय १० रुपैयाँमा बिक्री गरेको पनि भेटियो,’ उनले भने, ‘ती व्यवसायीले १ सय ५० बोरा मौज्द्धात रहेको बताएपनि थप २ सय बोरा फेला पर्यो ।’

ती व्यवसायीलाई जरिवाना नगरेपनि २४ घण्टे पूर्जीसहित विभागमा उपस्थित हुन निर्देशन दिएको बताए । ‘एक साताअघि पनि जरिवाना गरेका थियौँ,’ उनले भने, ‘आज २४ घण्टे पूर्जी दिएका छौँ ।’

अनुगमनमा सहभागी उपभोक्ता जागरण अभियान नेपालका कोषाध्यक्ष पार्वती बानियाँले पनि व्यापारीले कालोबजारी गर्ने नियतले लुकाएको बताइन् । ‘अनुगमन टोलीलाई १ सय ५० बोरा भनेर भुक्यायो । बाहिरका व्यवसायीले अन्त पनि गोदाम भनेपछि थप २ सय बोरा लुकाएको भेटियो,’ उनले भनिन, ‘यो ठगी नै हो ।’

सोमबार ४ टोलीले जम्मा ८ पसलमा अनुगमन गरेको थियो । भारतको महाराष्ट्र र कनार्टक लगायत राज्यहरुमा प्याज उत्पादनमा कमी आएपछि प्याजको मूल्य आकासिएको छ । भारतमै अपुग भएको जनाउँदै भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले निर्यात नीतिमा संशोधन गर्दै तत्काल लागू हुने गरी प्याजको निकासीमा रोक लगाएको थियो ।

त्यसको मार यहाँ पनि परेको हो । नेपालमा पर्याप्त उत्पादन नहुँदा प्याज र आलु आयातमै निर्भर रहेको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितीले जनाएको छ । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम