Logo

मन्त्री, सांसद र स्वकीयलाई पनि दसैंभत्ता



काठमाडौं १४ असोज । सरकारले उपप्रधानमन्त्री, मन्त्री र सांसदलाई मात्र होइन, उनीहरुका सल्लाहकार र स्वकीयलाई समेत दसैं खर्च दिने निर्णय गरेको छ ।

कानुनअनुसार उनीहरुलाई दसैंभत्ता दिने अधिकार नभएपछि सरकारले मन्त्रिपरिषद बैठकबाटै मन्त्री र सांसद तथा तिनका सल्लाहकार र स्वकीय सचिवलाई समेत दसैं भत्ता दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको भदौ ३१ गतेको बैठकबाट दसैंभत्ता दिने निर्णय भएपछि यसबाट राज्यकोषमा ३ करोड ७० लाख ७६ हजार १६० रुपैयाँ व्ययभार थपिएको छ ।

मन्त्रिपरिषदको निर्णयलगत्तै अर्थ मन्त्रालयले भत्ता उपलब्ध गराउन सम्बन्धित निकायमा पत्र पठाएको थियो । –नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्