Logo

नीजि क्षेत्रले चलायो नारायणीमा ‘मिनी क्रुज’ पानीजहाज



काठमाडौं, १४ असोज । निजी क्षेत्रले नारायणी नदीमा मिनी क्रुज सानो पानीजहाज सञ्चालन गरेको छ ।रङ्गमहल रिभर ल्यान्ड प्रालिले मिनी क्रुज सञ्चालनमा ल्याएको हो ।

यसको औपचारिक सुरुआत भने दशैँको फूलपातीबाट गरिने प्रालिका अध्यक्ष रमन भट्टराईले जानकारी दिए । “हामीले अहिले टेस्ट ड्राइभ सुरु गरेका हौँ । यसलाई औपचारिक रूपमा फूलपातीबाट सुरु गर्नेछौँ,” भट्टराईले गोरखापत्रसँग भने ।

मिनी क्रुज झट्ट हेर्दा सानो पानीजहाजकै स्वरूपमा छ । यसलाई स्थानीय पानीजहाजकै नामले चिन्दछन् । मिनी क्रुज पहिलोपटक आइतबार मात्रै नारायणी नदीमा टेस्ट ड्राइभ गरिएको हो ।

यसको सोमबार पनि टेस्ट ड्राइभ जारी थियो । “अहिले हामी २० जना यात्रु राखेर यसलाई चलाउन सक्नेछौँ,” अध्यक्ष भट्टराईले भने । आजको गोरखापत्र दैनिकमा वसन्त पराजुलीले समाचार लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्