Logo

विवाहोत्तर सम्बन्ध र गर्भपतन गरेकोमा पत्रकार जेलमा



विवाहोत्तर सम्बन्ध र गर्भपतनको अभियोगमा महिला पत्रकारलाई जेल हालिएको छ । उनलाई अदालतले दोषी ठहर्याउँदै जेल सजाय तोकेको हो । घटना मोरक्कोको हो ।

हजर रइसुनी उनका केटासाथीसहित राजधानी रबटको क्लिनिकमा पक्राउ गरिएका थिए । अजर राइसुनीमाथि गर्भपतनको आरोप लागेपनि उनले अस्वीकार गरेकी छिन् । उनले रगत गएर प्रसुती सम्बन्धि जाँच गर्न पुगेको बताइन् ।

२८ वर्षीया राइसुनी र उनका सुडानी साथीलाई अदालतले सजाय सुनाउँदा गर्भपतनमा संलग्न भएको आरोप लागेका चिकित्सक र नर्स समेत निलम्बनमा परेका छन् ।

इस्लामिक मुलुक मोरक्कोमा विवाहोत्तर सम्बन्ध र गर्भपतनलाई कानुनले अपराध मानेको छ ।-एजेन्सी Photo Source: Alaraby



प्रतिक्रिया दिनुहोस्