Logo

चीनले देखायो नयाँ घातक हतियार



बेइजिङको मुटु तियानमेन स्क्वायर, जहाँ १ अक्टोबर सन् १९४९ मा उभिएर कम्युनिष्ट शासनका संस्थापक माओत्से तुङले जनवादी गणतन्त्र चीन स्थापनाको घोषणा गरेका थिए । त्यही स्थानमा उभिएर चिनियाँ राष्ट्रपति राष्ट्रपति सी ले चीनको विकास र सैन्य शक्तिको नमूना नजिकबाट अवलोकन गरे ।

१५ हजार छानिएका सैनिकले परेडमा भाग लिए । उनीहरुले चीनको सैन्य शक्ति प्रदर्शन गरे । चीनमा कम्युनिष्ट शासनको ७० औं वर्षगाँठ मनाइँदा बेइजिङमा आयोजित विशेष समारोहमा सैन्य प्रदर्शनले महत्व पायो ।

समारोहलाई दृष्टिगत गरी राजधानी बेइजिङमा चंगा, परेवा र ड्रोन बन्देज लगाइसकिएको थियो । सेनाले शक्तिशाली हतियार प्रदर्शन गरेको छ । जसमध्ये नयाँ हतियार समावेश छन् । विशेष प्रकारको ड्रोन र अन्तरमाहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र समेत छन् । १५ हजार सैनिकलाई परेडका लागि छानिएको थियो । उनीहरुले विशेष पोशाक लगाएर विभिन्न कार्यक्रम प्रदर्शन गरेका थिए ।

गृहयुद्ध र बाह्य हमलाले थिलथिलो भएको चीन अहिले विश्वकै शक्तिशाली देशमध्ये परिसकेको छ । माओपछि देङ स्याओ पिङले अबलम्बन गरेको आर्थिक नीतिले चीनलाई नयाँ उचाईमा पुग्ने आधार प्रदान गर्यो । त्यसपछिका शासकहरुले पनि आर्थिक पक्षमा ध्यान दिए । वर्तमान राष्ट्रपति सी जिङपिङ माओ पछि चीनका शक्तिशाली नेता बनिसकेका छन् । उनको कार्यकालमा चीन विश्वकै धनी देश बन्ने सम्भावना औल्याइएको छ । –एजेन्सीको सहयोगमा Photo: Agencies



प्रतिक्रिया दिनुहोस्