Logo

वृद्धभत्ता अब मासिक ५ हजार !



काठमाडौं, १४ असोज । प्रधानमन्त्री केपी ओलीले जेष्ठ नागरिकलाई सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता आफ्नो कार्यकालमै मासिक ५ हजार रुपैयाँ पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपालमा पहिलो पटक २०५१ सालमा मनमोहन अधिकारी नेतृत्व सरकारले मासिक १ सय रुपैयाँबाट शुरु गरेको जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता अहिले ३ हजार रुपैयाँ पुगेको छ ।

प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको उपलक्ष्यमा मंगलबार शुभकामना दिँदै जेष्ठ नागरिकको ज्ञान र अनुभवमा आधारित सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने वातावरण सिर्जना गरेको बताएका छन् । आजको गोर्खापत्रमा समाचार छ ।



प्रतिक्रिया दिनुहोस्