Logo

बुकिङका टिकट सबै बिक्री, थप बस थपिने



काठमाडौं, १४ असोज । दशैंका लागि नयाँ बसपार्कबाट मात्रै हालसम्म झण्डै पाँच लाख टिकट अग्रिम बुकिङ भइसकेको छ । यहाँबाट छुट्ने सवारी साधनको चाप दोब्बर बढेको छ ।

समोबार चार सय ६० वटा बस बसपाकएबाट छुटेका छन् । जस अनुसार सोमबारमात्रै २० हजार यात्रु बसपार्कबाट मात्रै बाहिरिएका छन् । नम्बरका बस सबै बुकिङ भईसकेको नेपाल यातायात व्यवसायी महासंघ नयाँ बसपार्कका प्रतिनिधि माधव तिमिल्सेनाले जानकारी दिएका छन् ।

उनका अनुसार पश्चिम नेपालका सबै रुटका बसको टिकट बुक भईसकेको छ । अग्रिम टिकट लिनेमा पश्चिम मध्यपश्चिम र सुदूरपश्चिमका बस टिकटहरुमा बढी चाप अहिलेपनि उक्तिकै चाप देखिएको छ ।

उक्त चापलाई मध्येनजर गर्दे बस थप गरिने महासंघले जनाएको छ । नयाँ बसपार्क, सुन्धारा, पुरानो बसपार्क, कलङकी, गौशाला, कोटेश्वर लगायतका स्थानबाट अग्रिम टिकट बुकिङ भइरहेको छ । आजको गोर्खापत्रमा समाचार छ ।



प्रतिक्रिया दिनुहोस्