Logo

प्रधानमन्त्रीका अरिंगाल छानीछानी आक्रमण गर्दैछन्, यीनलाई जनताले देखाउनेछन् -मिनेन्द्र रिजाल



काठमाडौं, १४ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालमाथि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आक्रमण गरेको खबर आएको छ । उनीसँग यसै विषयमा ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि गरेको कुराकानी:

तपाईंहरुको कार्यक्रममा नेकपाका कार्यकर्ताले अवरोध गरेको हो ?
अवरोध होइन आक्रमण गरेको हो । हामी कार्यक्रम स्थल जान लाग्दा बाटोमा रुख ढालेर अवरोध खडा गरिएको थियो । ती रुखहरु पन्छाउँदै अगाडि गएपछि एक÷डेढ सयजति मान्छेहरु हातमा लाठा, भाला, हतियार लिएर बसेका रहेछन् । उनीहरु नजिक पुगेपछि वियरका बोतलहरुले आक्रमण गर्न थाले । आक्रमण गरे पनि हामी सिधै अगाडि बढ्ने हो भनेर गयौं । त्यहाँ पुग्नासाथ धम्क्याउने, तर्साउने, धकेल्ने गरे । त्यसपछि हाम्रा साथीहरु पनि बलियोसँग उभिए । प्रशासनको संरक्षणमा यो कार्य भएको छ । प्रधानमन्त्रीका अरिंगालहरु र पुराना माओवादीका केही मानिसहरुले पुराना माओवादीको शैलीमा आक्रमण गरेका हुन् । जसरी हिजो पुराना माओवादीका काम थिए अहिले प्रधानमन्त्रीका अरिंगालहरु पनि त्यही काम गरिरहेका छन् ।
तपाईंहरुलाई अवरोध गर्नुको कारण के रहेछ ?
कार्यक्रम नै गर्न नपाउने । हिजो कांग्रेसले सय प्रतिशत जितेको गाउँपालिका छ । त्यहाँ एउटा सदस्य पनि अरु पार्टीले जितेको छैन । सर्वसम्मतिले निर्माण गर्न लागिको गाउँपालिका भवन सिलान्यास गर्न म गएको हो । प्रशासनको बलमा हिजोका माओवादी कार्यकर्ता र प्रधानमन्त्रीका अरिगालहरुले त्यो ठाउँमा मलाई जान नदिन लागेका थिए ।
तपाईंले भवन सिलान्यास गरिछाड्नुभयो ?
छोड्ने कुरै भएन । सबैतिरबाट साथीहरु आउनुभयो । त्यहाँ आमजनताको ठूलो उपस्थिति भयो । गाउँपालिका पुरै कांग्रेसले जितेको ठाउँ सबैतिरबाट जनता आइसकेपछि उनीहरु त्यो बीचमा उभिन सक्ने आँट भएन । उनीहरु मात्रै होइन प्रशानमा पनि अपराधी नेतृत्व छ । अपराधी मानसिकता बोकेको नेतृत्वले यी काम त गरायो–गरायो । त्यसपछि सिडियोले हाम्रा वरिष्ठ नेतालाई उसलाई फर्कादिनुस् भनेर फोन गर्दछन् । कार्यक्रममा आएका नेतालाई फार्काउने कि गलत मानसिकता बोकेका आक्रमणकारीलाई हटाउने ? प्रहरी पनि आक्रमणकारीको सुरक्षाको लागि बसेका थिए ।

आक्रमणकारीहरुलाई हामीलाई हतियरा, बियरका बोतलहरुले आइलागेका छन् । उनीहरुबाट कन्ट्रोल गर्नृतिर लाग्नुपर्ने बेलामा उल्टै विपक्षी दलका वरिष्ठ नेतालाई कार्यक्रमस्थलमा नआउनु बाटैबाट फर्कादिनु भनेर सिडियोले भन्ने हो त ? पछि लाजले केही प्रहरी पठाएका थिए । ती प्रहरीहरु पनि त्यही आक्रकारीको सुरक्षाका लागि बसेका थिए । यसमा प्रधानमन्त्रीले जुन किसिमको शैली र बोली बोल्नुभएको छ । कहिले बाघले जस्तो झम्टिन्छौं, कहिले अरिगाल जस्तो लाग भन्नुभएको छ । अस्ति भरखरै अर्का अध्यक्षले सिंहले काक्रमण गगरेपछि थाहा हुन्छ भन्नुभयो । नेताहरुको बोली र कार्यकर्ताको व्यवहार हेर्दा यो उहाँहरुले लगाएको हो ।
उहाँहरुले कार्यकर्तालाई प्रतिवाद गर्नुपर्छ भनिसक्नुभएको छ त ?
सिधा कुरा हो । अहिले जुन–जुन मान्छेले उहाँहरुको आलोचना गर्छन् त्यसलाई छानेर आक्रमण गर्नुहुन्छ । यसले के देखाउँछ भने उहाँहरु भयको राज गर्न चाहनुहुन्छ । र, लोकतान्त्रिक विधिबाट जुनिएको सत्तलाई कम्युनिष्ट सत्तामा रुपमान्तरण गर्ने योजनाका साथ हिड्नभएको छ । उहाँहरुले प्रशासनको जिम्मा अपराधिक मानसिकता भएको मान्छेको जिम्मा दिनुभएको छ ।
तपाईंहरु पनि त सरकारको काम कारबाहीप्रति आलोचना गर्न खरो रुपले लाग्नुभएको छ नि ?
लोकतान्त्रिको सरकारको आलोचना गर्न पाइन्छ । तर, यो सरकार आलोचना गर्ने मान्छेलाई छानीछानी आक्रमण गर्दै छ । त्यसमा आफ्ना गुण्डा लगाइरहेको छ । प्रशासनको पयोग गरिएको छ । फेरि पनि म भन्छु लोकतान्त्रिक सरकारमा अपराधिक मानसिकता भएको मान्छेले प्रशासन चलाएको छ । उहाँहरु बोल्ने मानिसलाई आतंकित गर्न चाहनुहुन्छ । हाम्रो मुख बन्द गर्न नसक्लान् अरु मानिसका मुख बन्द गराउन आतंक सिर्जना गरिरहनुभएको छ । गलत कामको हामी प्रतिवाद गर्दछौं । लोकतन्त्रमा आलोचना गर्ने अधिकार हुन्छ ।
वर्तमान सरकारलाई हामी ढाल्छौं भनिरहनुभएको छ नि ?
हामीले सरकार ढाल्छौं भनेका छैनौं । तर, यसरी नै चल्दै गयो भने आमनागरिकले ढाल्छन् ।
शेरबहादुर देउवाले त दुईतिहाईको सरकारलाई पनि फाल्दिन्छु भन्नुभएको छ नि ?
बाचुन्जेल पुस्तौंपुस्ता राजा हुन्छु भन्नेको गद्दी गयो । २४० शासन गरेको राजतन्त्र गयो भने पाँच वर्षका लागि चुनिएर आएको सरकारले लोकतान्त्रिक विधिमा बसेर काम गरे उसले पाँच वर्ष काम गर्छ । हामी त्यसमा रचनात्मक प्रतिपक्षको काम गर्दछौं । देशमा लोकतान्त्रिक शासन होइन कम्युनिस्ट राज्य स्थापना गर्न थाल्यो भने जनताले नै छोड्दैनन् । राजालाई पनि जनताले नै निकालेका हुन् ।
सरकारले पाँच वर्ष काम गर्न पाउनुप¥यो नि तपाईं पनि किन आत्तिनुभएको त ?
तपाईंलाई म फेरि भन्छु । यो सरकार लोकतान्त्रिक विधिबाट चल्यो । गुण्डाराज भएन, जनताको हिड्डुल, वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रतालगायत संविधानले दिएको अधिकार अनुसार चल्यो एकदलीय कम्युनिस्ट सत्तामा लागेन भने सरकार पाँच वर्षका लागि मजाले चल्छ । नत्र जनताले सडकबाटै सरकार फालिदिन्छन् ।
त्यसो भए सरकारले लोकतान्त्रिक मूल्य, मान्यतालाई अंगिकार गरेको छैन ?
पटक्कै गरेको छैन । मलाई मात्रै होइन सरकारको आलोचना गर्ने मान्छेलाई छानीछानी आक्रमण गरिरहेको छ । चितवनमा कस्तो आक्रमण भयो ? मेरो र ज्ञानेन्द्र शाहीको विचार नितान्त फरक छ । तर, ज्ञानेन्द्र शाही यो सरकारलाई चित्त बुझेन अनि आक्रमण गर्ने ? त्यसरी आक्रमण गर्न पाइन्छ नागरिकलाई ?
नेपाली कांग्रेसले पनि वर्तमान सरकारको बरखिलापमा विभिन्न काम ग¥यो भन्ने आरोप छ नि ?
आलोचना गर्न पाइँदैन कस्तो कुरा गर्नुहुन्छ । लोकतन्त्रमा आलोचना गर्न पाइन्छ । नागरिकहरु हिडडुल गर्न पाउँछन् । अभिव्यक्ति स्वतन्त्रता, वाक स्वतन्त्रता, निडर ढंगले हिडडुल गर्ने अधिकार सुरक्षित हुनुपर्छ । सुरकार किन सिर्जना भएको ? जनताको सुरक्षा गर्न सिर्जना भएको होइन ? कि जनतामाथि आक्रमण गर्नलाई ? गुण्डाराज सञ्चालन गर्न सिर्जना भएको हो ?
वर्तमान सरकार अधिनायकवादतिर गएको हो ?
म आक्रोश मनले होइन सचेत भएर भन्दैछु । लोकतान्त्रिक विधि र पद्धतिमा रहेर अगाडि बढ्यो भने यो सरकारले पाँच वर्ष काम गर्छ । यसलाई नाघेर सर्वसत्तावादतिर उन्मुख भयो भने जनताले सडकबाटै फाल्छन् ।
नेपाली कांग्रेसले प्रतिपक्षको हैसियतले सरकारको समीक्षा कसरी गरेको छ ?
हामीले गम्भीर रुपमा भनिरहेका छौं । यो संविधान र लोकतन्त्रमाथि खतरा छ भने सरकारको अधिनायकवादी शैलीबाट नै छ । सरकारले चलाउन खोजेको गुण्डातन्त्र, अराधिक मानसिकताबाट चलेको प्रशासनबाटै खतरा छ । नागरिकहरुबाट खतरा छैन ।
लोकतन्त्र, गणतन्त्र र संघीयता माथि खतरा हुन थाल्यो नि ?
लोकतन्त्र, गणतन्त्र र संघीयतामाथि खतरा छ भने यही सरकारबाट छ । यसले के देखाउँछ सरकार नयाँ राजतन्त्र सिर्जना गर्न खोज्दैछ । नारायणहिटीबाट जनताले राजालाई बिदा गरे । सरकारले हिजोका राजा, महाराजभन्दा ठूला महाराजाहरु ल्याउने तयारी गरिरहेको छ । राष्ट्रपतिलाई जसरी यो राखेको छ त्यसले महारानी सिर्जना गरेको छैन ? अहिलेको व्यवस्थामाथि खतरा छ भने यो सरकारबाटै छ ।
हाम्रो देशमा राष्ट्रपतिले सेवा, सुविधा लिनुहुन्न त ?
होइन यो सरकारलाई भनिराखेको छु । उसले जसरी राष्ट्रपतिलाई गरेको छ । त्यो शैलीले गणतन्त्रलाई समाप्त गरेर राजतन्त्र ल्याउन खोज्नुभएको हो भने थाहा छैन । कम्युनिस्ट सत्ता लाद्न खोजेको हो कि ? कम्युनिष्ट शासनभित्र नयाँ राजा सिर्जना गर्न खोजेको हो कि ? उहाँहरु दुनियाँ कम्युनिष्ट देशको अध्ययन गरेर हिड्नुभएको छ । क्याम्बोडिया, भियतनाम जस्ता पुरा कम्युनिगट शासन भएको देशमा । सरकारमा रहेको पार्टीले सि जिन फिनको विचारधाराको प्रशिक्षण गर्छ ।

हामी चीनसँग राम्रो मित्रता गर्न चाहन्छौं । सि जिन फिनको स्वागत गर्न चाहन्छौं । नेपालको लागि चीन भरपर्दो मित्रराष्ट्र हो । नेपालको उन्नतिका लागि चीनले धेरै ठूलो सहयोग गरेको छ । चीन जसरी विश्वमा शक्तिशाली राष्ट्र बन्दै आएको उनको सहयोग हामी चाहिन्छ । तर, हाम्रो राजनीतिक व्यवस्था र चीनको राजनीतिक व्यवस्था फरक हो । हाम्रो मुलुकमा अभिव्यक्ति स्वतन्त्रता, प्रेसस्वतन्त्रता छ । उहाँहरु त्यो ठाउँमा पुग्नुभएको छैन । यो सरकारलाई अहिलेको संविधान चाहँदैन ऊ कम्युनिस्ट सत्ता सिर्जना गर्न चाहन्छ । त्यति मात्रै होइन, उहाँहरु भेनेजुयला, भियनाम, क्याम्बोडिया जानुहुन्छ अध्ययन गर्न । एकदलीय कम्युनिष्ट दशहरुको जस्तो कसरी जनतालाई तर्साएर कसरी कम्युनिष्ट सत्ता चलाउन सकिन्छ । त्यतातिर उहाँहरुको ध्यान छ ।
सि जिन फिनको विचारसँग नेपालका कम्युनिस्टहरु अगाडि बढ्न मिल्दैन ?
मैले अगाडि पनि भनेको छु । लोकतान्त्रिक विधिबाट अगाडि जानुपर्छ । विकास कसरी गर्नुभएको छ हाम्रो अभिरुचिको विषय हो । नेपाली कांग्रेसको नेत्वमा डेलीगेसन जाँदा उहाँहरुले पुस्तक दिनुभएको थियो । सि जिन फिनेको बारेमा अध्ययन गर्न । त्यो पुस्तक मैले पनि अध्ययन गरेको छु । चीनको बारेमा अध्ययन गर्ने राम्रो जानकारी राख्ने हाम्रो पनि इच्छा हो । चीनको सरकार र नेपाल सरकारको सम्बन्ध गहिरो बनाउने । चीनका जनता र नेपालको जनताबीचको सम्बन्ध राम्रो बनाउने हाम्रो पनि इच्छा । तर, नेपालमा चीनको जस्तो राजनीतिक व्यवस्था हामी स्थापना गरेका छैनौं । राजनीतिक व्यवस्थाको प्रशिक्षण चीनबाट हुँदैन ।
दुईतिहाई मतको सरकार छ नि ?
दुईतिहाई हुने बित्तिकै जे पनि गर्न पाइन्छ । रिसिङमा सय प्रतिशत कांग्रेसले जितेको छ । त्यहाँ अरु पार्टीले जितेको छैन । त्यहाँ गएर गाउँपालिकाको भवन सिलान्यास गर्न नपाउने । भवन सिलान्यास गर्न गएका नेताहरुमाथि आतंकको राज सिर्जना गर्ने उहाँहरु । अनि दुईतिहाईको सरकारले यो गर्न पाउनुपर्छ भन्ने ? सय प्रतिशतको सरकारले केही गर्न नपाउने । उसको निर्णयमाथि आक्रमण गर्ने ?
पछिल्लो समय नेपालको परराष्ट्रनीति चीनमुखी भयो भारतमुखी ?
म यहाँ चीनमुखी र भारतमुखीको कुरा गर्दिँन । योजनावद्ध ढंगले उहाँहरु अगाडि बढि राख्नुभएको छ । हाम्रो मुलुकमा जलविद्युतको आवश्यकता छ । बढी भएको विद्युत् बाहिर पठाउने प्रशारण लाइनको आवश्यकता छ । त्यसको लागि खर्च हुने र सडकको पूर्वाधारमा खर्च हुने ५५-६० अर्ब रुपैयाँको अमेरिकाको साहयता अनुमोदन गर्नुपर्ने थियो । त्यो संसदमा अनुमोदन गर्न ल्याउनु भएन । नल्याउने मात्र होइन सरकारको प्रमुख सचेतकले यो ग्रान्ड हामीलाई चाहिएको छैन भन्छ । यो सरकारलाई भेनेजुयला, कंगो, भियतनाम चाहिन्छ अमेरिका चाहिँदैन । सरकारलाई अधिनायकवाद चाहिन्छ । लोकतान्त्रिक विधि र कानुनी राज्यको अध्ययन हुन सक्दैन । सरकारलाई संविधानमा दिइएको नागरिक अधिकारको सुरक्षा गर्ने फुर्सद छैन । सत्तापक्ष पार्टीका दुई अध्यक्षमा एउटा अरिगालले छोड्दै भन्नुहुन्छ भने अर्का अध्यक्ष सिंहलाई चलाउँदा के देखाइदिन्छौं भन्नुहु्न्छ । म प्रचण्डजीलाई भन्छु तपाईं शान्तिको बाटोमा आउनुभएको हो । त्यसैले तपाइंहरु लोकतान्त्रि विधि र मान्यतामा अगाडि बढ्नुहोस् । हामी स्वीकार गर्दछौं । तर, हिजोको माओवादीशैलीको विरोध गर्दछौं ।
यो सरकार कति सफल कति असफल भयो ?
म त्यतातिर जाँदैजान्न । यो सरकार त हतास मानसिकताले नागरिकमाथि नै आक्रमण गर्न थालिसक्यो । उसको के सफलताको कुरा गर्नुहुन्छ । आम असफलता देखोर हतास मानसिकताले जथाभावी आक्रमणमा उत्रिन थालिसकेको छ । यस्तो हुन्छ लोकतन्त्र ? यो व्यवहार त कम्युनिस्ट शासनमा गरिन्छ । लोकतन्त्रमा जनता आतंकित हुँदैनन् । हिटलरको शासनमा मात्रै जनता आतंकित हुनुपर्छ । लोकतन्त्रमा जनतासँग सरकार डराउने हो, जनता होइन । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot