Logo

सभामुख महरा शीर्ष नेताको सम्पर्कमा, राजीनामा दिने संकेत



काठमाडौं,१४ असोज। बलत्कारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले घटनाबारे छानबिनका लागि सहज वातावरण बनाउन आफु तयार रहेको बताएका छन ।

अहिले महरा पार्टीका शिर्ष नेताहरुको निययित सल्लाहमा रहेकाले सम्भवत उनले एक दुई दिनभित्रै राजिनामा दिन सक्ने उनी निकट स्रोतले जानकारी दिएको छ ।

सभामुख महराले पुष्पकमल दाहाल प्रचण्डसँगको सल्लाहमा निणर्य लिनसक्ने स्रोतको दाबी छ । अहिले शिर्ष नेतालाई घटनाबारे जानकारी भईरहेको र घटना सार्वजनिक भएपछिको परिस्थितीलाई सम्हाल्ने स्थितिमा शिर्ष नेताहरु रहेको पनि स्रोतको भनाई छ ।

आइतबार राति मादक पदार्थ सेवन एक महिलाको कोठामा गएर यौन दुर्व्यवहारको घटना सार्वजनिक भएपछि सभामुखले अहिले तीब्र आलोचना खेपिरहेका छन् ।

यद्यपीः सभामुखले भने सार्वजनिक घटना आफुलाई फसाउन खोजेको बताउदै आएका छन भने उनको नीजि सचिवालयले पनि घटनाबारे बचाउ गर्दे घटनाको खण्डन गरिसकेको छ ।सभाम्ख महरासंग सम्पर्कगर्न खोज्दा सम्पर्क हुन सकेन ।



प्रतिक्रिया दिनुहोस्