Logo

नेकपा सचिवालय बैठक सम्पन्न, सभामुख महरालाई राजीनामा दिन आग्रह



काठमाडौं, १४ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सभामुख कृष्णबहादुर महरालाई पदबाट राजीनामा दिन आग्रह गरेको छ । हालै सभामुख महराबाट भएको बलात्कारको आरोपप्रति गंभीर ध्यानाकर्षण जनाउदै राजीनामाको लागि आग्रह गरेको हो ।

सभामुख महराको नैतिक आचरणमा गम्भिर आरोप आईरहेकोले पार्टीको गम्भिर ध्यानाकार्षण भएको पनि सचिवालय बैठकले जनाएको छ । सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘बाहिर आएका हल्लाका विषयलाई मध्येनजर गर्दै र सभामुखले नैतिक आचरणलाई ध्यानमा राखेर सचिवालय बैठकले उहाँलाई राजीनामा दिन आग्रह गरेको छ ।’

सचिवालय बैठकले महरालाई सांसद पदबाट पनि राजीनामा दिन आग्रह गरेको छ । श्रेष्ठकाअनुसार अनुसन्धानका लागि मार्गप्रशस्त गर्न सभामुख र सांसदबाट महराले राजीनामा दिनुपर्ने पार्टीले निर्णय गरेको छ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्