Logo

मिनेन्द्र रिजालले भने : गृह प्रशासन तानाशाही प्रवृत्तिले चल्दैछ



काठमाडौं, १४ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले नेकपा नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख रहेको टिप्पणी गरेका छन् । नेकपाको अधिनायवादलाई रोक्नको लागि कांग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्ने उनको धारणा छ ।

मंगलबार काठमाडौंमा आयोजित प्रेस युनियनको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । आफूमाथि तनहुँमा नेकपाका कार्यकर्ताहरुले गरेको आक्रमणको प्रयासबारे पनि गम्भिर टिप्पणी गरेका छन् । ‘यो सरकारको गृह परीक्षण गर्नुपरेको थियो, त्यही भएर तनहुँमा आक्रमण र अवरोधको बावजुदपनि हामी अगाडि बढ्ने प्रयास गर्यौंं । सरकार कम्युनिष्ट पार्टीबाहेक अरु पार्टीले राजनीति गर्नुहुँदैन भनेर हिँडिरहेको छ ।

नेकपाका दुई अध्यक्षहरुमा एउटाले बाघको र अर्कोले सिंहको कुरा गर्नु सामान्य कुरा होईन् । यसलाई गम्भिर रुपमा लिनुपर्छ ।’–उनले भने ।
त्यस्तै, उनले ज्ञानेन्द्र शाही र रवि लामिछानेको विषयको घट्ना हेर्दा पनि सरकार व्यक्तिको अधिकारलाई कुण्ठित गर्ने अवस्थामा पुगेको पनि आरोप लगाए । उनले भने,‘आजको गृह प्रशासन तानाशाही प्रवृत्तिले चल्दैछ ।’

उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफूहरुले महारानी बनाउनको लागि राष्ट्रपति नबनाएको जिकिर गरे । उनले भने,‘त्यसैले अब भरोसायोग्य कांग्रेस बनाउन सकिएन भने नेकपाको अधिनायकवादलाई हामीले धान्न धौ–धौ पर्नेछ । लोकतान्त्र यही सरकारबाट खतरा छ ।’
कांग्रेस महामन्त्री शशांक कोइरालाले यो गम्भीर आरोप भएकाले निश्पक्ष छानबिन गर्न माग गरेका हुन् ।

महामन्त्री कोइरालाले सभामुख कृष्णबहादुर महरामाथि गम्भीर आरोप लागेकोले  यसमा निश्पक्ष छानविन हुनुपर्नेमा जोड दिए ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्