Logo

अन्ततः सभामुख महराले दिए राजीनामा (पत्रसहित)



काठमाडौं, १४ असोज । संघीय संसदका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । उनले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई आजै राजीनामा बुझाएका हुन् ।

उनले बुझाएको राजीनामा पत्रमा भनिएको छ,‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भिर प्रश्न उठाई लगाईएको आरोपबारे सत्य, तथ्य, निश्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुशन्धान गर्न सहज होस भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु ।’

संसद सचिवालयकै एक महिला कर्मचारीले सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएको भोलिप्लटै महराले राजीनामा दिएका हुन् । यसअघि नेकपा सचिवालय बैठकले पनि उनलाई राजीनामा दिन आग्रह गरेको थियो । उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिनलाई नेकपाले आग्रह गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्