Logo

महराको राजनीतिक करिअरमै धक्का



काठमाडौं, १४ असोज । सभामुख कृष्णबहादुर महराले पटक पटक राजनीतिक जोखिम मोले । युवावस्थामै सांसद बनेका उनीसँग तत्कालिन माओवादीका नेताहरुसँग नभएको संसदीय अनुभव छ । २०४८ सालमै सांसद बनेका महरा माओवादी सशस्त्र जनयुद्धमा लागेपछि भूमिगत भए ।

महरा भूमिगत हुँदा उनले पढाएका कतिपय विद्यार्थी पनि भूमिगत भएका थिए । अहिले उनीहरु महराका प्रतिष्पर्धी भइसकेका छन् । राजनीतिमा यति लामो अनुभव भएका महरा विगतमा विवादमा आइरहे ।

चिनियाँ व्यापारीसँग ठेक्कापट्टामा कमिशन मागेको अडियो टेप सार्वजनिक भयो । टेपमा महराको आवाज स्पष्ट सुनिन्थ्यो । तर, उनी कारबाहीबाट बचे ।

महरा नास्तिक भएपनि इशाईहरुको कार्यक्रममा धेरै सहभागी भए । पादरीले टाउकोमा छोएको महराको तस्बिर चर्चामा आयो । उनीमाथि धर्मनीरपेक्षताको खोल ओढेर अन्य धर्म प्रवर्तनमा सहयोगी बनेको आरोप समेत लाग्यो ।

महरामाथि यसपटक भने गम्भीर आरोप लागेको छ । उनीमाथि महिलालाई जर्बजस्ती गरेको आरोप लागेको छ । त्यसलाई उनले अस्विकार गरेका छन् । सोमबार सार्वजनिक महिलामाथिको जर्बजस्तीको घटना खुलेपछि महराले राजीनामा दिनुपरेको छ । राजीनामा दिदै गर्दा उनले आफूमाथिको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लाग अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा छानविन प्रक्रिया नसकिंदासम्मका लागि राजीनामा दिएको उल्लेख गरेका छन् ।

यो घटनाले महराको राजनीतिक करिअरमा धक्का पुगेको छ । उपप्रधानमन्त्री भइसकेका महरा नेकपाभित्र भविष्य बोकेका नेताका रुपमा उदाइरहँदा घटना बाहिर आउनुले गम्भीर असर परेको छ । यसले उनलाई ठूलो राजनीतिक क्षति पुगेको विश्लेषण हुनथालिसकेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot