Logo

महरालाई कडा कारबाही गर्न बाबुरामको माग



काठमाडौं, १४ असोज । समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले निवर्तमान सभामुख कृष्णबहादुर महरामासग कारबाही होस भनेर माग गरेका छन् । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपमा महराले आजमात्रै उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले महराको राजिनामा पछि यो बलात्कारकाण्डको स्वतन्त्र र निष्पक्ष छानवीन होस् भन्ने माग गरेका छन् । उनले ट्विट गर्दै भनेका छन्,-“सभामुख महराको राजिनामा पछि यो बलात्कारकाण्डको स्वतन्त्ररनिष्पक्ष छानवीन होस् र कानून अनुसार न्याय निरूपण होस् । विगतमा महिला र दलितमाथि हुने गरेका अपराधका निष्पक्ष छानवीन र कार्यवाही भएका छैनन् । मी–टू अभियानका आरोपीहरू कोही पनि दण्डित भएका छैनन् । महरा प्रकरण पनि त्यस्तै फासफुस नहोस् !”

उता, महरामाथि लगाइएको यौन दुर्व्यवहार आरोपको नेपाल प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ । यस्तै दुर्व्यवहारको आरोप लगाउने संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीले महराविरुद्ध किटानी जाहेरी दिने तयारी गरिरहेको स्रोतले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्