Logo

जर्बजस्ती प्रकरणमा महराको राजीनामापछि प्रचण्डलाई राजनीतिक धक्का



काठमाडौं, १४ असोज । निर्वमान सभामुख कृष्णबहादुर महरा महिलालाई जर्बजस्ती गरेको प्रकरणमा मुछिएपछि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डलाई धक्का परेको छ । महरा प्रचण्डका लामो समययताका सहकर्मी मात्र नभई दुःख सुखका साथी पनि हुन् ।

महराले प्रचण्डलाई लामो राजनीतिक जीवनमा सधै साथ दिए । सांसद भइसकेका महरा प्रचण्डको नेतृत्वमा भएको जनयुद्धमा सहभागी भए । संसदीय व्यवस्थाका अनुभवी भएकाले महरालाई महत्वपूर्ण जिम्मेवारीहरु दिन्थे । शान्ति प्रक्रियामा पनि महराले विशेष जिम्मेवारी पाएका थिए ।

प्रचण्डले सबैभन्दा विश्वास गरेका नेतामध्येका थिए महरा । तर, उनको राजीनामा आएको छ । यसले महराको राजनीतिक भविष्य समेतमा कालो बादल मडारिएको छ । अब प्रचण्डका लागि महत्वपूर्ण जिम्मेवारी उठाउने सहयोगी खोज्नुपर्दा महराको अभाव खड्कने अवस्था बनेको छ ।

प्रचण्ड पुत्रवियोग र पुत्रीवियोग सहने अवस्थामा पुगे । केही वर्षयता उनमा धेरै पीडा र चुनौतीहरु आइपुगेका छन् । यसमध्ये महराको चरित्रमाथि लागेको दाग पनि प्रचण्डका लागि चिन्ताको विषय बनेको छ । आफू निकटस्थ महरालाई सभामुख जस्तो महत्वपूर्ण जिम्मेवारी दिलाएका थिए । खुलेर कुरा गर्ने मित्र गम्भीर विषयमा मुछिएपछि प्रचण्डलाई समेत चिन्ता परेको बुझिएको छ । यसले प्रचण्डलाई राजनीतिमा धक्का पुगेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्