Logo

महराबाट आफूमाथि बलात्कार भएको आरोप लगाउने महिला नै सम्पर्कविहीन !



काठमाडौं, १४ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूमाथि बलात्कार गरेको गम्भीर आरोप लगाएकी संसदमा कार्यरत कर्मचारी बेपत्ता भएकी छिन् । यो प्रकरणमा महराले सभामुख पदबाट राजीनामा दिएका छन् । तर, आफूमाथि बलात्कार भएको आरोप लगाउने महिला कर्मचारी भने परिवारको सम्पर्कमा पनि नरहेको बुझिएको छ ।

महराले आज उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई बुझाएको राजीनामा पत्रमा अनुसन्धान पूरा हुँदासम्मको लागि नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् । उनीमाथि बलात्कारको आरोप लगाउने महिला कर्मचारीले भने अहिलेसम्म प्रहरीकहाँ लिखित उजुरीसमेत दिएकी छैनन् । महराले पदबाट राजीनामा दिएलगत्तै प्रहरीले तीन पीडित महिला कर्मचारीलाई सम्पर्क गरेको थियो । अहिले उनको मोवाइल फोन स्विच अफ छ ।



प्रतिक्रिया दिनुहोस्