Logo

मुटुभित्र देउ न बास म्युजिक अवार्डको उत्कृष्ट १० मा



काठमाण्डौ । कन्काइष्ट राईकोे मुटु भित्र देउ न मलाई बास वल्र्ड नेपाली म्युजिक अवार्ड न्युवर्क २०१९ मा उत्कृष्ट १० भित्र पर्न सफल भएको छ ।

विगत लामो समयदेखि गायन तथा संगित क्षेत्रमा अनवरत रुपमा लागिरहेका राईको विरासत भाग २ बाट उक्त गित मनोनयनमा परेको हो ।

राई विगत २०५४ सालमा रेडियो नेपालमा आधुनिक गित गायन तर्फबाट स्वर परिक्षामा उत्तीर्ण हुदै उनको गायन यात्रा सुरु भएको हो ।

हालसम्म राईले एकल स्वर तथा संगितमा दर्जन एल्बम प्रकाशन गरिसकेका छन् भने नेपाली चलचित्रमा स्वर तथा संगित गरिसकेका छन् ।

राईले यस अघि रेडियो नेपालद्धारा आयोजित राष्ट्रव्यापी आधुनिक गित प्रतियोगिता २०६२ सालमा सर्वोत्कृष्ट स्थान हासिल गरिसकेका छन् । साथै २०७० मा संगित तर्फबाट सर्वोत्कृष्ट भएका थिए ।

राईकोे सिर्जना करिब ३०० सय भन्दा माथि छन् । उहाँका दर्शक श्रोताले जिताउनलाई उत्कृष्ट टप तिन भित्र पार्नको लागि भोट गर्न मोबाईलबाट म्यासेज गर्न सकिनेछ । त्यसका लागि WN स्पेस ११g टाइप गरेर ३३००१ मा पठाउन सकिने छ ।

फेसबुक प्रयोगकर्ताका लागी

स्टेप १: हाम्रो फेसबुक पेज https://www.facebook.com/world.nepali.musicaward2019/ मा जानुहोस् ।
स्टेप २: त्यहा फोटोमा क्लिक गर्नुहोस् र आफुलाई मनपर्ने “Category” छान्नुहोस्।
स्टेप ३: आफुलाई मनपर्ने फोटो छानेर “LIKE” गर्नुहोस्

अनलाइन प्रयोगकर्ताका लागी

स्टेप १: www.wnmusicaward.com मा जानुहोस
स्टेप २: “VOTE” मेनुमा क्लिक् गर्नुहोस
स्टेप ३: आफ्नो “Category” छान्नुहोस्
स्टेप ४: तपाइको नाम तल रहेको “VOTE” बटन थिच्नुहोस



प्रतिक्रिया दिनुहोस्