Logo

उत्तर कोरियाले गर्यो पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण



उत्तर कोरियाले पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण गरेको छ । समुन्द्रमा आधा तैरिएर चल्ने युद्धक पनडुब्बीबाट प्रहार गरिएको क्षेप्यास्त्र ४५० किलोमिटर टाढा पुगेको थियो ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार ब्यालेस्टिक क्षेप्यास्त्र सोमबार विहानै वोन्सन बन्दरगाह नजिकैबाट प्रहार गरिएको थियो । जुन ९१० किलोमिटर उचाईसम्म पुगेको थियो ।

उत्तर कोरियाले अमेरिकासँगको आणविक निशस्त्रीकरणको वार्ता स्थगित भएको बताए लगत्तै क्षेप्यास्त्र परीक्षण गरेको हो । उत्तर कोरियाले जमिनबाट पटक पटक क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ । उसले पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण गरेर आफ्नो सैन्य शक्ति प्रदर्शन गरेको छ ।-एजेन्सी Photo Source: The Times of Israel



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम