Logo

महरा-शाही काण्डको अर्को पर्दाफास, दुवै जेल जानसक्ने ! (भिडियोसहित)



काठमाडौं, १५ असोज । महिला कर्मचारीलाई उनकै कोठामा पुगेर राति जबरजस्ती गरेको अभियोगमा कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएका छन् । तर, यो प्रकरणमा आरोप लगाउने महिला कर्मचारी रोशनी शाहीले आफ्नो बोली फेरेकी छिन् । उनले महरालाई आफ्ना पितासरहको मान्छे भन्दै उनीबाट त्यस्तको गलत केही नभएको स्पष्ट पारेकी छिन् । महराले पनि आफूलाई फसाउनको लागि यस्तो आरोप लगाईएको स्पष्ट पारेका छन् ।

कानूनविदले भने यो प्रकरणमा दुवै दोषी भएको भन्दै उनीहरु दुवै जना जेल जानसक्ने सम्मको तर्क गरेका छन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अधिवक्ता लक्ष्मी दाहालले यस्तो तर्क गरेकी हुन् ।

 



प्रतिक्रिया दिनुहोस्