Logo

सामूहिक बलात्कार आरोपमा तीन पक्राउ, दुई फरार



एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई मङ्गलबार इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । सोही घटनामा संलग्न भएका दुई फरार छन् । पक्राउ पर्नेमा सुन्दरहरैचा–१२ का बसचालक विकास कसई, झापा सुरुङ्गा–४ का सुरज थापा र सिरहाका सुजेन्द्र भुजेल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए ।

सोही घटनामा संलग्न मोरङ बेलबारीका नितेश घिमिरे र ताके भन्ने सुमन फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इटहरीमा सोमबार मध्यरातमा पाँच युवाको समूहले युवतीलाई सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । इटहरीको धरान–विराटनगर सडकखण्डको साथी पेट्रोलपम्प नजिक युवतीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ ।

धरानबाट को१ख ४६२६ नंको बसमा हालेर इटहरी ल्याई युवतीलाई रोडको छेउमा पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ । युवाहरुको समूहले सडक छेउमै एक युवतीलाई सामूहिक बलात्कार गरेको विषयमा स्थानीयवासीले प्रहरीलाई जानकारी गराएपछि उनीहरु पक्राउ पर्न सफल भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको र पीडित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

गुण्डागर्दी गर्ने पाँच पक्राउ

सुनसरीको इटहरीमा दिउँसै गुण्डागर्दी गर्ने चार जनालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी–८ का २० वर्षीय अनिष सुवेदी, १९ वर्षीय दोर्जे वाइबा, २० वर्षीय शिशिर बस्नेत र बोकी घिमिरे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

इटहरी उपमहानगरपालिका–९ मा रहेको सुबिसु केवल नेटवर्कको कार्यालय नजिकै वडा नं १० का सागर तामाङलाई खुकुरी प्रहार गर्ने प्रयास गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रनाउ शर्माले जानकारी दिनुभयो । पक्राउ परेकाहरुको साथबाट प्रहरीले खुकुरीसमेत बरामद गरेको छ ।



प्रतिक्रिया दिनुहोस्