Logo

इराकमा सरकार विरोधी प्रदर्शन



बग्दाद, १५ असोज (रासस-सिन्ह्वा) : आधारभूत सेवा र रोजगारीको अवसर कम भएको विरोधमा इराकमा देशभरी भएको विरोध प्रदर्शनको क्रममा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य २ सय व्यक्ति घाइते भएका इराकी प्रहरीले मङ्गलबार जानकारी दिएको छ ।
इराक सरकारले देशभरी भएको विरोध प्रदर्शनको साथसाथै जारी हिंसाको निन्दा गरेको गृह र स्वास्थ्य मन्त्रालयले संयुक्त रुपमा निकालेको विज्ञप्तिमा जनाइएको छ ।

सर्वसाधारणका ती मागहरुको सही र वस्तुपरक रुपमा ल्याउने तथा शान्तिपूर्ण प्रदर्शन हुन नदिने उद्देश्यले दंगाकारीहरूको एउटा समूहले उक्साएको सरकारको आरोप छ ।

जारी यस हिंसामा एक प्रदर्शनकारी मारिनुका साथै २ सय अन्य घाइते भएका विज्ञप्तिमा उल्लेख छ । घाइते भएका २ सय व्यक्तिहरुमा ४० जना सुरक्षाकर्मी पनि छन् ।

‘हामी अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्तको साथैमा उभिएका छौं जुन इराकी संविधानमा उल्लेख गरिएको छ । हामी सबै नागरिकलाई शान्त र संयम रहन आग्रह गर्दछौं, सुरक्षाकर्मीले पनि आफ्नो कर्तव्य निर्वाह सही किसिमबाट गरुन् भन्ने चाहन्छौं,’ प्रदर्शनकारीहरुले बताएका छन् ।

घाइतेमध्ये धेरैजसो प्राथमिक उपचारपछि घर फर्किएका र बाँकी ५० जना घाइतेहरुको अझै अस्पतालमा उपचार जारी रहेको विज्ञप्तिमा जनाइएको छ ।

मङ्गलबार अपराह्न सयौं इराकी प्रदर्शनकारीहरू बग्दादको केन्द्रमा रहेको तहरीर स्क्वायरमा भेला भएर विद्युत, सफा पानी र रोजगारीको अवसरको अभावसहित आधारभूत सेवा नभएको भन्दै विरोध प्रदर्शन गरेका थिए ।

सुरक्षाकर्मी र दंगा प्रहरीले आन्दोलनकारीलाई तितरवितर पार्न अश्रुग्यास, पानीको फोहोरा र गोली चलाएपछि एक प्रदर्शनकारीको मृत्यु भएको थियो । प्रदर्शनकारीहरूले सडकमा टायरहरू बाल्नुका साथै र मुख्य चोकका सडकहरू अवरुद्ध गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्