Logo

मानवरहित विमान कारबाहीमा परी पाँच आइएस लडाकू मारिए



१५ असोज (रासस -सिन्ह्वा) : अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा नेटोआवद्ध संयुक्त सेनाले इस्लामिक स्ट्ेटस आतङ्कारी (आइएस) लडाकूविरुद्ध सुरक्षा कारबाही गरेका छन् । मानवरहित विमान (ड्रोन) कारबाहीमा परी पाँच लडाकू मारिएका प्रान्तीय सरकारका प्रवक्ताले जानकारी दिएका छ्न् ।

गठबन्धन सेनाले मंगलबार खोग्यानी जिल्लाको वजीर तंगाई इलाकामा चालकरहित विमानबाट गरेको दुई ओटा क्ष्ँप्यास्त्र प्रहारमा परी आइएसका पाँच आतङ्ककारी मारिएका हुन ।

यस कारबाहीको विषयमा आईएस लडाकू समूहले हालसम्म कुनै पनि टिप्पणी गरेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्