Logo

वैकल्पिक राजमार्ग बनाउने तयारी : उपाध्यक्ष डा कँडेल



राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेलले सीपाइला, लामीडाँडा, गल्छी, कल्लेरी हुँदै कुम्पुर सलाङबाट बेनी दोभानको सडक निर्माण गरी वैकल्पिक राजमार्ग बनाउन लागि परेको बताए ।

धादिङबेँसीमा प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले काठमाडौँ उपत्यका भित्रिने नाका नागढुङ्गा नौबिसे सडकमा जाम भइरहने र अबका दिनमा यही सडकले सवारी आवागमन धान्न नसक्ने भएकाले वैकल्पिक राजमार्ग बनाउनुपर्ने आवश्यकता आएको बताए ।

काठमाडौँमा ५० लाख मानिस बस्छन् । चाडबाडको बेला उनीहरु घर जाने र फर्कने ठूलो सङ्ख्या एकै पटक ओहोरदोहोर हुने गरेको छ । यस अवस्थामा वैकल्पिक मार्ग आवश्यक भइरहेको सन्दर्भमा काठमाडौँको चाप कम गर्न र लामीडाँडादेखि गल्छी, कल्लेरी, कुम्पुर, सलाङ हुँदै बेनिदोभानसम्म त्रिशूली उपत्यकाको रुपमा विकास हुने र वैकल्पिक राजमार्ग बनाउन सकिने भएकाले यो योजना दशैँपछि अध्ययन भई छिट्टै काम शुरु हुने योजना रहेको उपाध्यक्ष डा कँडेलको भनाइ छ ।

उहाँले धुनीबेँसी नगरपालिका, थाक्रे, गल्छी, सिद्धलेक गाउँपालिकाले यो योनामा स्थानीय सरकारले सघाएमा छिट्टै निर्माण सकिने उल्लेख गर्दै यस क्षेत्रको धेरै स्थानमा सडक बनिसकेको छ । यसलाई चौडा बनाउन र कालोपत्र गर्नसके नदी किनारको नयाँ शहर र सभ्यता हुनेछ ।

उपाध्यक्ष डा कँडेलले बूढी गण्डकी जलविद्युत् योजना छिटो निर्माण काम शुरु गर्न मुआब्जा वितरणको काम तत्काल गर्नुपर्नेमा पनि जोड दिए ।



प्रतिक्रिया दिनुहोस्