Logo

ज्ञानेन्द्र शाहीले डिस्चार्ज पछि भने-प्रहरीसँग मिटिङ बसेपछि नियोजित तरिकाले आक्रमण (भिडियोसहित)



काठमाडौं, १५ असोज । ज्ञानेन्द्र शाही अस्पतालबाट डिस्चार्ज भएका छन् । उनले अस्पतालबाट छुटेपछि राज्यसँग मिलेर आक्रमण भएको आरोप लगाएका छन् ।

शाहीले आफूमाथि आक्रमण गर्ने व्यक्ति प्रहरीसँग मिटिङ बसेको समेत दाबी गरे । उनले भने, ‘मसँग प्रमाण छ कि ममाथि आक्रमण गर्नेले चितवनका एसपी दानबहादुर मल्लसँग बसेर चीया खाएका थिए ।’ सँगै चीसा खाएर मिटिङ बसेर आफूमाथि आक्रमण भएको आरोप लगाए । उनले भने, ‘आक्रमण गर्ने वाइसिएलका व्यक्ति तीस मिनेट अघि दानबहादुर मल्लसँग सँगै बसेर चीया खाइरहेका थिए ।’ आफूसँग त्यसको अडियो रेकर्ड समेत रहेको दाबी गरे ।

टाउको र खुट्टामा गम्भीर चोट लागेका उनी ह्वीलचियरमा बसेर बोलेका थिए । शाहीको टाउकोमा चोट लागेकाले उपचार सामाग्रीले बेरिएको थियो ।

भ्रष्टाचारविरुद्धका अभियन्ता शाहीमाथि गत शनिबार चितवनमा आक्रमण भएको थियो । उनलाई सत्तारुढ दल निकट युवा संघले विभिन्न जिल्लामा निषेध गरिरहेको अवस्थामा आक्रमण भएपछि सर्वत्र निन्दा भएको थियो ।

भिडियोसहित:



प्रतिक्रिया दिनुहोस्