Logo

महराले ‘क्लिन-चिट’ लिएपनि सभामुखमा फर्किने सम्भावाना छैन, शाहीमाथि पनि अनुशन्धान गर्नुपर्छ :  भट्टराई (भिडियोसहित)



काठमाडौं, १५ असोज । बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सभामुखको राजीनामा नै स्विकृत भएकोले उक्त पद रिक्त भएको बताए । महराले ‘क्लिन–चिट’ नै लिएपनि अब सभामुखमा फर्किने सम्भावाना नभएको भट्टराईको दाबी छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक फरक दलको र फरक लिङ्गको हुनुपर्ने पनि बताए । अहिले संसद चालु नभएकोले अब चल्ने अधिवेशनमा संविधानबमोजिम निर्वाचन हुने उनले स्पष्ट पारे । भट्टराईले यो प्रकरणमा रोशनी शाहीमाथि अविलम्ब अनुशन्धान प्रारम्भ गर्नुपर्ने माग गरे । उनले भने,‘शाहीको अघिल्लो बयानले महरामाथि अनुशन्धान हुन्छ, तर, पछिल्लो बयानले शाहीमाथि पनि अनुशन्धान सुरु गर्नुपर्छ । उनीमाथि विद्युतीय कारोवार ऐनअनुसार कारवाही हुनुपर्छ ।’

उनले मन लाग्यो भन्दैमा कसैको ईज्जत, प्रतिष्ठा र मानमा धावा बोल्न नपाईने स्पष्ट पारे । उनले यदि शाही डिप्रेसनको विरामी हो भने त्यसबारेमा पनि चिकित्सकले परीक्षण गरेर पुष्टि गर्नुपर्ने बताए । उनले भने,‘महिलाको पनि ईज्जत छ, पुरुषको पनि ईज्जत छ । रोशनीजीको कुन चाहीँ स्टेटमेन्ट सही हो ?’ उनले शाहीले महरामाथि लगाएको आरोप पुष्टि भयो भने कसुरअनुसार सजाय हुनेपनि जिकिर गरे ।

उनले भने,‘यौन दुव्र्यवहार, गाली गलौज, बलात्कार यी सबैमा कसुरअनुसार सजाय हुन्छ, बलात्कारको केसमा अधिकतम १५ वर्ष सम्म सजाय हुन्छ, सामान्य यौन दुव्र्यवहार हो भने ३ वर्ष र कुटपिट छ भने १ वर्षसम्म सजाय हुन्छ । कुन खालको अपराध हो, त्यो हरेर सजाय हुन्छ।’
शाहीले आफू डिप्रेसनको विरामी भएको भन्ने कुरा पत्यारलाग्दो नभएको पनि उनको भनाई छ । उनले भने,‘यदि उहाँले भनेजस्तो हो भने यो कुरा मानसिक सन्तुलन गुमाएको कुरा चिकित्सकबाट प्रमाणित हुनुपर्छ ।’ उनले शाहीको भनाईलाई पनि अनुशन्धान गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्