Logo

महराले क्लिन-चिट पाए सांसद पद सुरक्षित रहन्छ : डा. ज्ञवाली (भिडियोसहित)



काठमाडौं, १५ असोज । संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले महराले राजीनामा दिएपछि सभामुख पद रिक्त भएकोले अब उक्त पदको लागि निर्वाचन हुनैपर्ने स्पष्ट पारे । उनले भने,‘सभामुखको राजीनामा शसर्त हुँदैन् । राजीनामा भनेको राजीनामा नै हो । अब सभामुख पद रिक्त भयो । निर्वाचन हुनैपर्छ ।’

बहुदलीय प्रणाली भएकोले सभामुख र उपसभामुख फरक–फरक दल र फरक लिङ्गको हुनुपर्ने उनको भनाई छ । उनले यो प्रकरणमा ‘फस्ट ईन्फरमेशन’ का आधारमा प्रहरीले आफ्नो प्रतिवेदन दर्ता गर्नुपर्ने बताए । उनले भने,‘फस्ट ईन्फरमेशनका आधारमा प्रहरीले अनुशन्धान गर्नुपर्छ ।’ पीडित भनिने महिलाले अलग–अलग अभिव्यक्ति दिएपनि पहिलो सुचनाको आधारमा प्रहरीले अनुशन्धान सुरु गर्नुपर्ने उनको जिकिर छ ।

अहिले शाहीले बयान फेरेको कुरालाई उनले ‘एक्स्ट्रा जुडिसियल डकुमेन्ट’ भएको पनि बताए । यदि यो प्रकरणमा महराले क्लिन–चिट पाए महराको सांसद पद सुरक्षित रहनेपनि उनको भनाई छ । निर्दोष सावित भएपछि सांसद पद सुरक्षित हुने भएकोले सभामुखको निर्वाचनमा पार्टीले उम्मेद्धवार बनाएर सभामुख बन्नपनि सक्ने उनको तर्क छ ।

उनले शाहीको बाहिर आएको पहिलो भिडियाको आधारमा महराले सभामुखबाट राजीनामा दिएको बताए । यदि पहिलो भिडियोमा लगाएको आरोप गलत सावित भए उनलाई साईबर क्राईमको मुद्दा चलाउन सकिनेपनि उनको तर्क छ । शाहीमाथि यदि कसैले ज्यान मार्ने धम्की दिएको हो भने पनि कसले धम्की दिएको भन्नेबारे अनुशन्धान हुनुपर्ने ज्ञवालीले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot