Logo

को बन्ला सभामुख



काठमाडौं, १५ असोज । सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिएसँगै संसद सचिवालयले सूचना टाँस गरेर यसबारे जानकारी गराएको छ । योसँगै अब सभामुख पद रिक्त भएको छ । भावी सभामुखका लागि दौडधूप शुरु भइसकेको छ ।

संविधान बमोजिम सभामुख र उपसभामुख एउटै दलको नहुने व्यवस्था छ । यसकारण बहुमत प्राप्त नेपाल कम्युनिष्ट पार्टीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गर्न लगाउनसक्छ । उक्त पदमा नेकपाबाहेकको दाबी हुनसक्छ ।

सभामुख नेकपाकै दाबी रहन्छ । नेकपाकै उम्मेदवार निर्वाचित हुने निश्चित नै छ । यसकारण सभामुख बन्न दौडधूप चलिसकेको छ ।

पूर्व माओवादी पक्षधरले सभामुख पद पाएपछि कृष्णबहादुर महरा निर्वाचित भएका थिए । अब उनको राजीनामा पछि पूर्व माओवादी पक्षधरकै सभामुखमा दाबी देखिन्छ । तर, पूर्व एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ बलियो दाबेदार बनेका छन् । उनले महराको राजीनामालगत्तै अब सभामुख पद खाली भइसकेको छ भनी दिएको अभिव्यक्तिले पूर्व माओवादी पक्षधरलाई चिढ्याएको छ । यसकारण पनि उनलाई रोक्ने पहल चलिसकेको छ ।

सभामुखका लागि ओनसरी घर्तीमगर पनि दाबेदार बनेकी छिन् । उनी पूर्व सभामुख हुन् । पूर्व माओवादी पक्षधर भएकाले उनको सम्भावना बलियो छ । सभामुखमा प्रचण्ड पक्षधर जर्नादन शर्मा, टोपबहादुर रायमाझीलगायतको पनि सम्भावना देखिएको छ । नारायणकाजी श्रेष्ठ सांसद नभएकाले उनको सम्भावना छैन ।
संवैधानिक निकायमा नियुक्तिलगायत विधान निर्माणमा सभामुखको महत्वपूर्ण भूमिका हुने हुँदा यसमा धेरैको दाबी रहेको हो । File Photo



प्रतिक्रिया दिनुहोस्