Logo

रोशनी शाही ‘भण्डाफोर अभियानमा’; क कस्को गरिन् भण्डाफोर



काठमाडौं, १५ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जर्बजस्तीको गम्भीर आरोप लगाउँदै रोशनी शाहीले प्रहरीको हटलाइनमा सम्पर्क गरेकी थिइन् । आइतबार साँझ प्रहरीलाई जानकारी दिएपछि किटानी जोहेरी नदिएकी उनले सोमबार मिडियालाई अन्तवार्ता दिइन् । जसमा निवर्तमान सभामुख महरा कोठामा आएको र जर्बजस्ती गरको सनसनीपूर्ण भनाई थियो ।

तर, मंगलबार रोशनीले भनाई परिवर्तन गरी महरा निर्दोष रहेको र आक्रोशको समयमा आरोप लगाएको भनिन् । तर, त्यतिबेला निकै ढिलो भइसकेको थियो । महरा राजीनामा दिन वाध्य भइसकेका थिए ।

महराको पक्ष लिदै रोशनीले घटनाबारे क्रिया प्रतिक्रिया जनाउनेविरुद्ध चेतावनीयुक्त फेसबुक पोष्ट गरिन् । उनी मंगलबार फेसबुकमा निकै व्यस्त भइन् । फोटोहरु मेटिन् र धमाधम पोष्ट गर्न थालिन् । जसमध्ये भण्डाफोर अभियानमा जाने सम्मको चेतावनी थियो । एउटा पोष्टमा लेखेकी छिन्, ‘अब भन्डाफोर अभियानमा गईन्छ अब कसैको डर त्रासमा सत्य कुरा लुकाइन्न ।’

त्यसपछि उनले पूर्व सभामुख सुवासचन्द्र नेम्वाङविरुद्ध पोष्ट गर्दै बहुविवाह गरेकाले कारबाही हुनुपर्ने लेखिन् । नेम्वाङ सभामुख बन्न खोजेको उनको बुझाई देखिन्छ ।
रोशनीले अन्तवार्ता लिने हाम्राकुराका सम्पादक अजयबाबु सिवाकोटीलाई तथानाम गाली गरिन् । आफ्नो कोठा पत्ता लगाएर नियोजित रुपमा बोल्न लगाएको आरोप लगाइन् । सिवाकोटीलाई गालीगलौजको भाषा लेखिन् ।

एउटा पोष्टमा उनले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डको आलोचना गरेकी छिन् । प्रचण्डमाथि १७ हजारको ज्यान लिएको आरोप लगाउँदै कारबाही हुनुपर्ने लेखिन् । मेलम्चीको पानी समयमा नल्याएको भन्दै खानेपानी मन्त्री बिना मगरले राजीनामा दिनुपर्ने लेखिन् । उनले लेखिन् ‘बिना मगरले छ महिनामा मेलम्चीको पानी ल्याउँछु भन्थिन् दुई वर्ष हुनलाग्यो पानी आएको छैन के तिनले नैतिकताकाले राजीनामा दिनु पर्दैन ?’

सिंगापुरबाट सरकार चलाउने गैरकानुनी कार्य गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कारबाही हुनुपर्ने लेखिन् । उनले लेखिन्, ‘प्रम केपीज्युले सिंगापुरबाट सरकार चलाउँथे नियम विपरित काम गर्दा के तिनलाई चाहिं नैतिकता नहुने महरा सरले मात्रै नैतिकता देखाउनुपर्ने ।] उनले एकपछि अर्को गर्दै देशका शक्तिशालीहरुको भण्डाफोर गर्ने अभियान चलाएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्