Logo

महरा र रोशनीमध्ये को झुट ? प्रहरीको पोलिग्राफ जाँचले खुलाउने



काठमाडौं, १५ असोज । रोशनी शाहीले केही न केही झुट बोलेकी छिन् । उनले शुरुमा निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जर्बजस्तीको आरोप लगाइन् । आइतबार साँझ दाबी गरिएको घटनामा सोमबार दिउँसो मिडियालाई अन्तवार्ता दिइन् ।

मंगलबार उनको बोली फेरियो । अघिल्लो दिन आक्रोशमा आरोप लगाएको भन्दै मिडियालाई अर्को अन्तवार्ता दिइन् । उनले कुनै न कुनै झुट बोलेकी छिन् । तर, कुनचाहिं झुट हो ? नेपाल प्रहरीले उनीमाथि पोलिग्राफ जाँच गर्ने भएको छ । पोलिग्राफ टेष्टले झुट बोलेको हो या होइन पत्ता लगाउँछ । जाँच सफल भएमा रोशनी शाहीले झुट या सत्य के बोलेको हो स्पष्ट हुन्छ ।

रोशनीलाई मात्र पोलिग्राफ टेष्ट गरेर घटनाको अनुसन्धान पूरा हुने देखिदैन । घटनाबारे गहिरो अनुसन्धान भएमा निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि पनि जाँच हुनुपर्छ । यसबाट घटनाको यथार्थ धेरै बाहिर आउँछ ।

महरा तीनकुनेस्थित महिलाको कोठामा गएका हुन् होइनन् प्रष्ट भएको छैन । महिलाले महरा कोठामा आएर जर्बजस्ती गरेको र दोहोरो झगडा परेको समेत बताएकी छिन् । तर, महराले आफू नगएको भन्दै सचिवालयमार्फत् प्रेस विज्ञप्ति जारी गर्न लगाएका छन् । हाइलेभल जहाँ गएपनि जानकारी हुन्छ । यसकारण पनि उनी त्यहाँ पुगे नपुगेको प्रहरीलाई सूचना पुगिसकेको छ किनभने उनको सुरक्षामा सुरक्षाकर्मी २४ सै घन्टा तैनाथ हुन्छ ।

पोलिग्राफी जाँच र प्रहरीको गहिरो अनुसन्धानले घटनाको सत्यतथ्य बाहिर ल्याउन क्षमता राख्छ । तर, सभामुख जस्तो गरिमामयी पदको व्यक्ति भएकाले वास्तविकता बाहिर नआउने आशंका गरिन थालिएको छ । त्यसमाथि महिलाले भनाई फेरिसकेकी छिन् । यतिसम्मकी आफू डिप्रेसनको रोगी भएको भन्न थालेकी छिन् । भनाई जति फेरेपनि सभामुखबाट महरा हटिसकेका छन् । उनको राजनीतिक जीवनमा ठूलो धक्का लागेको छ । प्रहरी अनुसन्धान कसरी अगाडि बढ्ला र घटनामा मुछिएका महरा र रोशनीमध्ये दुवैलाई कारबाही हुने नहुने या कुनै एकलाई कारबाही हुनेको टुंगो कहिले लाग्ला ? प्रतिक्षाको विषय छ ।



प्रतिक्रिया दिनुहोस्