Logo

महरालाई कारबाही गर्न ओलीलाई प्रकाशमानको सुझाव



काठमाडौं, १५ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले कृष्णबहादुर महरालाई कारबाही गरेर जनविश्वास आर्जन गर्न सरकारलाई सुझाव दिएका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्रनम्बर ३ ले बुधबार जोरपाटीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सरकारलाई यस्तो सुझाव दिएका हुन् ।

नेता सिंहले देशमा कानुनी राज्य छ भन्ने स्थापित गर्नका लागि र निर्मला पन्तको केसमा गुमिसकेको विश्वास फेरि जगाउनका लागि पनि महराको प्रकरणमा कारबाही गर्ने काममा सरकार र प्रशासन लाग्नुपर्ने सुझाव दिए । अनुसन्धानको क्रममा दोषी देखिनेलाई ढाकछोप गर्न नहुने उनको भनाइ थियो ।

नेता सिंहले भने, ‘सभामुखको व्यक्तित्व प्रस्तुत गर्न उहाँ चुकिसक्नु भएको छ । नेकपाको नेता भएपछि जे मन लाग्यो त्यही गर्न पाउने ? महिलालाई दुर्व्यवहार गर्ने ? ढाकछोप गरेर कानुनभन्दा माथि नेकपाका नेतारकार्यकर्ता हुने ? यो हुनै सक्दैन ।’



प्रतिक्रिया दिनुहोस्