Logo

जोडोमा मनतातो पानीका फाइदा



काठमाडौं, १६ असोज । मनतातो पानीले शरीरलाई निकै फाइदा पुग्छ । तर, धेरै तातो र धेरै चीसो पानी स्वाथ्यका लागि राम्रो होइन । पानी जीवन भएकाले यसको विशेष महत्व छ ।

जाडो याममा शरीरबाट पसिना कम निस्किने भएकाले पानी थोरै पिइन्छ । जाडोमा हामी शरीरलाई आवश्यक पर्ने मात्रामा पानी खान पनि चुकिरहेका हुन्छौँ । यस्तोमा मन तातो पानी पिउने बानी बसाले बढी मात्रामा पानी पिइन्छ । पानी पिउन अल्छी मान्नेहरु नभएका होइनन् । यसले शरीरमा पानीको मात्रा कम भई रोगको समस्या बढाउनसक्छ । त्यसैले जोडोमा मन तातो पानी पउने वेश हुन्छ । पानीका फाइदा यस्ता छन्ः

  • थकान महसुस भएको छ भने मनतातो पानीले नुहाउँदा थकान हट्छ ।
  • छालासम्बन्धी समस्या भएका व्यक्तिले मनतातो पानीले नुहाउनु उपयुक्त हुन्छ ।
  • मनतातो पानीमा अलिकति गुलाबजल मिसाएर नुहाउनाले छाला राम्रो हुन्छ । साथै, जीउ दुखेको पनि सञ्चो हुन्छ
  • मनतातो पानी खानाले शरीरमा रक्तसञ्चार सन्तुलित रहन्छ ।
  • मनतातो पानीमा कागतीको रस र मह मिसाएर बिहान पिउने गर्नाले रोगप्रतिरोधी क्षमता बढ्छ ।
  • बिहान उठेर मनतातो पानी पिउनाले दिसा खलास हुन्छ, जसले गर्दा कब्जियतको समस्या रहन पाउँदैन ।
  •  तातो पानी खानाले हड्डी र जोर्नीसम्बन्धी समस्याबाट पनि राहत मिल्छ ।
  • मनतातो पानीले जोर्नीमा घर्षण कम गरिदिन्छ, जसकारण भविष्यमा बाथ रोग लाग्ने जोखिम कम हुन्छ ।
  •  श्वासप्रश्वास र किड्नीसम्बन्धी समस्या भएकाहरूले चिसो पानीको सट्टा मनतातो पानी पिउने गर्नुपर्छ ।
  • यस्तो समस्या भएकाहरूले चिसो पानी खाएमा किड्नी र फोक्सो बढी उत्तेजित हुने भएकाले समस्या आउन सक्छ ।
  •  चिसो मौसममा मनतातो पानी पिउने गरेमा रुघा, खोकीलगायत समस्याबाट छुटकारा पाइन्छ ।


प्रतिक्रिया दिनुहोस्