Logo

लिभरपुल र चेल्सी बिजयी



काठमाडौं, १६ असोज। युएफा च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लिभरपुल र चेल्सी विजयी भएका छन् ।

लिभरपुल र रेडबुल साल्जबर्ग बिचको खेलमा लिभरपुलले साल्जबर्गलाई ४–३ ले पराजीत गरेको छ । यही समूहको अर्को खेलमा भने गेन्क र नापोली गोलरहित बराबरीमा रोकिएका छन् ।

समूह ‘एफ’ को खेलमा स्पेनको बार्सिलोनाले इटालीको इन्टर मिलानलाई २–१ ले हराउँदा जर्मनीको बोरुसिया डर्टमण्डले चेक गणतन्त्रको स्लाभिया प्रागलाई २–० ले पराजित गर्यो।

यसैगरी समूह ‘जी’ को खेलमा फ्रान्सको ओलम्पिक लियोंले जर्मनीको आरबी लेप्जिगलाई २–० ले हराउँदा रुसको जेनिथले पोर्चुगलको बेनिफिकालाई ३–१ ले पराजित गर्यो ।

च्याम्पियन्स लिग समूह ‘एच’ को खेलमा इंग्ल्याण्डको चेल्सीले फ्रान्सको लिललाई २–१ ले हराउँदा नेदरल्याण्ड्सको आयाक्सले स्पेनको भ्यालेन्सियामाथि ३–० को सहज जित निकाल्यो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्